प्रहरी कार्यालयको क्यान्टिनमै महिलाको शव फेला

आज राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ। 

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती श्रेष्ठको क्यान्टिनमा झुण्डिएको अवस्थामा शव फेला परेकाले हत्या वा आत्महत्या के हो भन्ने बारेमा अनुसन्धान गरिरहेको प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिएका छन्। उनी सोही क्यान्टिनमा काम गर्ने बुझिएको छ। 

श्रेष्ठको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गुलरियामा लगिएको र घटना बारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। 

सिंह ठकुरीले श्रीमती श्रेष्ठलाई पहिले पनि बेलाबेलामा घरेलु हिंसा गर्नेगरेका कारण आत्महत्या वा हत्या के हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरी कार्यालयमै भएको यस्तो घटना रहस्यमय भएको र शान्ति सुरक्षामा पनि आशंका उब्जन सक्ने देखिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने