काठमाडौं, मंसिर २४ : मंगलबार बिहान प्रहरीले दशरथ रंगशालामा लाठी चार्ज गरेको विरोधमा प्रदर्शन भएको छ।
१३ औं सागको फुटबल अन्तर्गत नेपाल र भुटानबीच जारी खेलको हाम टाइममा खेलकुद पत्रकार र अन्यले विरोध प्रदर्शन गरेका हुन्।
साग फुटबल फाइनलको टिकटका विषय विवाद हुँदा मंगलबार बिहान प्रहरीको झडपबाट नागरिक दैनिक पत्रकार घाइते भएका थिए।
यसअघि सोमबार राष्ट्रिय खेलकुद परिषद्ले विक्रीका लागि खुला गरिएको ८ हजार टिकट नै विक्री भएका थिए।
फुटबल फाइनलसँगै समापन समारोह पनि हुने भएकाले यसअघिका खेलहरूमा भन्दा राखेपले कम टिकट विक्रीमा राखेको थियो।
त्यस्तै, राखेपले टिकटदर दोब्बर पार्दै भिआइपी प्याराफिटका लागि २ हजार र सर्वसाधारण बस्ने प्याराफिटतर्फ १ हजार कायम गरेको थियो।
राखेपका अनुसार फुटबल फाइनलसँगै समापन समारोह हुने भएका कारण टिकटदर वृद्धि गरिएको हो। राखेपले ४ हजार सिट भने खेलाडी र भिआइपीका लागि राखेको छ।
समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओमार्फत् सम्बोधन गर्ने भएका छन्।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू