प्रमुख तीन पार्टीमा नेतृत्व हाबी: देशकै लागि खतराको संकेत

प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रमा ‘मूल नेतृत्व’ शक्तिशाली देखिएको छ। पार्टीभित्रका प्रतिपक्षी नेता कमजोर देखिएका कारण अध्यक्ष/सभापति सर्वशक्तिमान देखिएका हुन्। आफूअनुकूल निर्णय लिन उनीहरूलाई अहिले पार्टीभित्रै चुनौती दिने कुनै नेता देखिएका छैनन्। आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

Deuba-Oli-Prachanda_lrBsJNbgeo

वैचारिक/राजनीतिक पक्षमा प्रजातान्त्रिक, लोकतन्त्रवादी भनेर व्याख्या गरिए पनि पार्टीभित्रको वैचारिक बहसदेखि निर्णय क्षमतामा अन्य नेताको भूमिका करिब ‘शून्य’ कै स्थितिमा पुगेको पूर्वमन्त्री तथा एमाले नेता राधाकृष्ण मैनाली बताउँछन्। पार्टीभित्र अध्यक्ष/सभापति शक्तिशाली भएकै कारण अहिले तीनवटै पार्टीमा आन्तरिक प्रजातन्त्र कमजोर अवस्थामा रहेको उनको विश्लेषण छ।

‘कांग्रेस, एमाले र माओवादीमा मूल नेतृत्व शक्तिशाली भएका कारण आन्तरिक जनवाद छँदै छैन भन्दा पनि हुन्छ,’ मैनालीले अन्नपूर्णसँग भने, ‘जसरी मूल नेता पार्टीभित्र बलिया देखिएका छन्, त्यही आधारमा गुणद्रष्टा भएर पार्टी चलाए राम्रो हुन्छ, नत्र पार्टीलाई समस्यामा लैजान सक्छ।’

लोकतन्त्रमा पार्टीलाई सही बाटोमा लैजान प्रतिपक्षी धार उत्तिकै सशक्त हुनुपर्ने ठान्छन्, राजनीतिक विश्लेषक। त्यसो नहुँदा नेतृत्व निरंकुश हुने र आफूअनुकूल निर्णय लाद्दै जान सक्ने खतरा देख्छन् उनीहरू। यसले पार्टीलाई मात्र होइन, देशलाई नै जोखिममा लैजान सक्ने भएकाले आन्तरिक प्रतिपक्षी धार बलियो हुनुपर्ने ठान्छन्, माओवादी आन्दोलनलाई बुझेका विश्लेषक नरेन्द्रजंग पिटर।

तर, अहिले मूल तीनवटै पार्टीभित्र संस्थापनका अगाडि प्रतिपक्षी धार कमजोर देखिएको उनको तर्क छ। ‘मुख्य तीन पार्टीको मूल नेतृत्वमा सांस्कृतिक सामन्तवाद देखिएको छ,’ पिटर भन्छन्, ‘एक नेताले माथिबाट आदेश दिने, तलका कमिटी र नेताले त्यसैलाई ‘क्यारी’ मात्र गर्ने अवस्था कांग्रेस, एमाले र माओवादीमा छ। त्यसले पार्टीलाई नै कालान्तरमा गलत बाटोमा लैजान सक्छ।’

केपी ओली
एमालेमा माधव नेपाल, झलनाथ खनाललगायत नेताको प्रतिपक्षी धार छ तर अध्यक्ष ओलीविरुद्ध आवाज उठाउनै सक्दैनन्।

शेरबहादुर देउवा:
कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवार सभापति देउवाका कार्यशैलीविरुद्ध असन्तुष्टि पोख्न सक्ने हैसियतमा छैनन्।

पुष्पकमल दाहाल:
माओवादीमा अध्यक्ष दाहालको विपक्षमा जान सक्ने सामथ्र्य कुनै नेतामा देखिँदैन। नारायणकाजी श्रेष्ठले बेला–बेला असन्तुष्टिसम्म पोख्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक