May 21, 2019

प्रधानमन्त्री संरक्षक रहेको कोष नै जग्गा मास्ने खेलमा

जेठ ०७,काठमाडौं : गत ३१ वैशाखको बिहानै पशुपतिनाथ मन्दिर क्षेत्रभित्रै पर्ने संस्कृत माध्यमिक विद्यालय ९नेपाल वेद विद्याश्रम०को हाताभित्र डोजर चल्न थाल्यो । डोजर चल्नेबारे विद्याश्रमलाई वडा कार्यालय र काठमाडौं महानगरपालिका दुवैले जानकारी गराएका थिएनन् । न त पशुपति क्षेत्र विकास कोषले नै यसबारे विद्याश्रमलाई जानकारी गराएको थियो ।

 डोजरले केही समयमै त्यहाँ काम तमाम ग¥यो र महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरे । कुनै औपचारिक जानकारी नभएको अवस्थामा डोजर चलाइएपछि शिक्षक, विद्यार्थी र कर्मचारीबीच केका लागि डोजर चलाइयो भन्ने जिज्ञासा सुरु भयो । विद्यार्थी, शिक्षक र विद्याश्रमका कर्मचारी विरोधमा उत्रिए । तर, त्यहाँ उनीहरूको विरोधको कुनै सुनुवाइ भएन, भवन शिलान्यास भइछाड्यो ।विद्याश्रमका संयोजक विष्णुप्रसाद पोखरेलका अनुसार यो जग्गा गुठी संस्थानको स्वामित्वमा विद्याश्रमको नाममा रहेको छ । हाल तैनाथी गुठीअन्र्तगत विद्यालय क्षेत्रको जग्गाको लालपुर्जा विद्याश्रमसँग रहेको छ । यस क्षेत्रमा विद्यालय मातहत ४९ रोपनी जग्गा रहेको छ ।यता, महानगरपालिकाले भने सरोकारवाला मन्त्रालय, कोष तथा गुठी संस्थानको निर्णयअनुसार नगरपालिकाको वडा कार्यालय बनाउन लागेको बताएको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, गुठी संस्थानका प्रतिनिधि, महानगरपालिका र कोषबीचको बैठकबाट निर्णय स्वीकृत गरिएको हो । कोषले त्यस क्षेत्रमा जग्गा अधिग्रहणका क्रममा वडा कार्यालयको जग्गासमेत अधिग्रहण गरेको र त्यसबापत उपयुक्त स्थान उपलब्ध गराउने सम्झौता पहिले नै भएको थियो । सोहीअनुसार कोषले यस स्थानको जग्गा उपलब्ध गराएको र वडा कार्यालय बन्न लागेको डंगोलले जानकारी दिए । आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण