प्रधानमन्त्री – म ‘भेनिसको व्यापारी’ जस्तै भएँ !

२६ वैशाख , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय गठवन्धन र एमाले सामू आफू ‘मरचेन्ट अफ भेनिस’ जस्तो भएको बताएका छन् । साथै उनले ४ गते संविधान संशोधन गराउन पहल गर्ने वचनसमेत दिएका छन् ।

बैठकमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विधेयक पास गराउन भएको पहलबारे जानकारी गराएका थिए । एक सहभागीका अनुसार प्रधानमन्त्रीले विलियम सेक्सपियरको ‘मरचेन्ट अफ भेनिस’को कथासमेत सुनाए । उनले आफू सेक्सपियरको नाटकको पात्र ‘भेनिसको व्यापारी’ जस्तै बन्न पुगेको दुखेसो पोखे ।

प्रमुख विपक्षी एमालेतर्फ संकेत गर्दै प्रधानमन्त्री प्रचण्डले एउटा पक्ष संविधान पास हुन नदिनेमा रहेको बताए । फेल हुने भए हुन दिने तर, पास हुने भयो भने जसरी पनि रोक्ने उक्त पक्षको योजना रहेको उनले सुनाए ।

मधेसी मोर्चा /संघीय गठवन्धनर्फत संकेत गर्दै उनले अर्को पक्ष भने जसरी पनि पास हुनुपर्छ भन्ने फेल होला जस्तो भए रोक्ने पक्षमा रहेको बताए ।

‘यति किलो मासु काटेर दिनुपर्‍यो भन्ने तर, रगतचाहिँ एक थोपा पनि बग्न पाइँदैन भन्ने भएपछि मेरो हालत ‘मरचेन्ट भेनिस’ जस्तो भयो’ बैठकमा प्रचण्डले भने ।

विलियम सेक्सपियरको ‘मर्चेन्ट अफ भेनिस’ एउटा रोचक नाट्यकथा हो । कथाको पात्र एन्टेनियो एउटा उल्झनपूर्ण सहममतिको जञ्जिरमा जकडिएको हुन्छ । भेनिस सहरको एक नौजवान सुन्दरीको हृदय जित्नका लागि आफ्नो लक्ष (जवाहरत) प्राप्तिसम्मको यात्रा गर्न चाहन्छन् । तर, उनीसँग पैसा हुँदैन । शहरका एक व्यापारी एन्टेनियोसँग उनले पैसा सापट माग्छन्, तर उनको पैसा समुद्रमा जहाजमा फसेको हुन्छ । ती व्यापारीले अर्कोलाई भनेर सापटी त माग्छन् तर कठोर शर्त सहितको तमसुक बनाइन्छ ।

यसक्रममा नौजवान आफ्नो यात्रामा कसरी फस्छ र भेनिसको व्यापारीले एन्टोनियोले आफ्नो जमानतमा लिएको ऋण तिर्न कस्तो सास्ती पाउनुपर्छ भन्ने वर्णन मर्चेन्ट अफ भेनिसमा गरिएको छ ।

संशोधनको पक्षमा ४०१ पुगेको दाबी

उनले बैशाख १७ गते संविधान संशोधनको पक्षमा ४०१ मत पुगिसकेको अवस्थामा राप्रपाका १० सांसद अनुपस्थित भएका कारण संविधान संशोधन रोकिएको गठवन्धनका नेताहरुलाई सुनाए ।

आगामी जेठ ४ गते संसद बैठक रहेको भन्दै उनले संशोधन पास गर्ने प्रयास हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने