प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा नेविसंघको सिठ्ठी जुलुस

माघ १५,काठमाडौं : सरकारविरुद्ध आन्दोलित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको छ । महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा गएको नेविसंघको टोलीले मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारको निषेधित क्षेत्र तोडेर सरकारविरुद्ध प्रदर्शन गरेको हो ।  

प्रधानमन्त्री निवास बालुवाटारको ३ नम्बर गेट नजिकै सिठ्ठी फुक्दै प्रदर्शनमा उत्रिएका नेविसंघका नेता–कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनमा उत्रिएका २० भन्दा बढी विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको प्रदर्शनमा सहभागी सुशान्त आचार्यले जानकारी दिए । 

उनका अनुसार प्रहरीले नेविसंघका केन्द्रीय सदस्य सुशील भट्ट, पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा, निरञ्जन थापा, सुवास घिमिरे, किरण भट्टराई, सन्तोष गुरुङलगायतका विद्यार्थी नेताहरुलाई पक्राउ गरेको हो ।

  यही समूहले गत शनिबार स्वीट्जरल्याण्डबाट स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन विमानस्थलमै पुगेर कालो झण्डा देखाएका थिए । उनीहरुले आइतबार राति सरकारविरुद्ध कोटेश्वरमा राँके जुलुससमेत निकालेका थिए । 

सरकार अनुदार ढंगले चिकित्सा शिक्षा विधेयक पास गरेपछि सदनभित्र र बाहिर सशक्त प्रतिरोध गर्ने कांग्रेसको नीति अन्तर्गत नेविसंघले माघ ८ गतेबाट प्रदर्शन गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने