February 14, 2018

प्रधानमन्त्री देउवा आज राजीनामा दिदै

 फागुन २, काठमाडौं ।


देउवा

 
 शेरबहादुर देउवा नेतृत्वको मन्त्री परिषदको आज अन्तिम बैठक बस्ने भएको छ। बैठक लगत्तै प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजिनामा पेश गर्ने भएका छन्।आजै निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनको परिणाम पेश गर्दैछ। त्यसपछि राजिनामा दिने योजनामा देउवा छन्।राजिनामा अगाडि मन्त्री परिषद बैठक बोलाउने योजनामा प्रधानमन्त्री देउवा रहेको एक मन्त्रीले बताए। ती मन्त्रीले भने, ‘त्यसपछि राजिनामा दिने योजना छ।’

निर्वाचन आयोगले अन्तिम परिणाम बुझाउनासाथ राष्ट्रपतिलाई नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने बाटो खुल्छ। त्यसैलेपनि राजिनामा गर्न देउवामाथि नैतिक दबाब छ।आजै एमाले–माओवादी केन्द्रले एकता संयोजन समितिको बैठक राखेका छन् र सम्भवत आजै पार्टी एकता सम्बन्धी विषयलाई टुङ्ग्याउँदैछन्।त्यसैले, सहज रुपमा एमाले–माओवादी केन्द्रको संयुक्त सरकार बन्ने स्थिति छ। नयाँ सरकार बन्नासाथ सरकार छाड्नु पर्ने भएकाले पनि देउवा राजिनामाको मनस्थितिमा छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने