March 21, 2018

प्रधानमन्त्री केपी शर्मा ओली सातै प्रदेशका प्रदेश प्रमुखसँग छलफल गर्दै

 
काठमाडौं, चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका प्रदेश प्रमुखसँग बुधबार छलफल गर्दै हुनुहुन्छ । प्रदेश सरकार सञ्चालनमा उत्पन्न भएका समस्या, पूर्वाधार विकासको अवस्थालगायतका विषयमा प्रदेशप्रमुखसँग जानकारी लिने प्रधानमन्त्री ओलीको योजना रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।

प्रदेश सरकार बलियो बनाउन केन्द्रबाटै पहल लिन प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाउनुभएको हो । प्रदेशसभा र प्रदेश सरकार सञ्चालनमा कर्मचारी अभावसमेत अर्को समस्या देखिएको छ । खटाएका कर्मचारी नजाने समस्याको बारेमा पनि योे बैठकमा सरोकारवाला मन्त्रालयका पदाधिकारीसहित छलफल गर्ने सरकारको तयारी छ । प्रदेश सरकारले बनाउनुपर्ने कानुनको बारेमासमेत अन्यौल उत्पन्न भइरहेका बेला आजको बैठक डाकिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)