प्रधानमन्त्री ओली माघको पहिलो साता स्वीट्जरल्याण्ड जाँदै

पुस २९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली माघको पहिलो साता युरोपेली मुलुक स्वीट्जरल्यान्ड जाने भएका छन्। वल्र्ड इकोनोमिक फोरमको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

स्वीट्जरल्यान्डको डाभोसमा माघ ८ देखि ११ सम्म आयोजना हुने फोरमको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री माघ ७ गते त्यसतर्फ जाँदैछन् ।

फोरमको वेबसाइटमा राखिएको जानकारी अनुसार कार्यक्रममा विश्वका प्रमुख २० वटा अर्थतन्त्रका मुलुकहरुको समूह ‘जी ट्वान्टी’ मा आबद्ध र अन्य मुलुक गरी २ सय ५० जना राजनीतिक नेताहरुको सहभागिता रहनेछ ।

त्यसैगरी उद्योग व्यापार तथा अन्य क्षेत्रबाट १ हजारभन्दा बढी कार्यकारीहरुको सहभागिता रहनेछ। फोरमको यस पटकको सम्मेलनको मुख्य विषय ‘चौथो चरणको विश्वव्यापीकरण’ रहेको छ।

परराष्ट्र स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्टाटेजिक आउटलुक अन साउथ एसिया’ सत्रको छलफलमा सहभागिता जनाउने कार्यक्रम रहेको छ।

त्यस्तै प्रधानमन्त्री ओलीले ‘विओण्ड दी जीडीपी’ सेसनमा समेत सहभागिता जनाउने छन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र , मन्त्रालयका सचिम शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीसहित १९ जना सहभागी हुने परराष्ट्र स्रोतले जानकारी दियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने