प्रधानमन्त्री ओलीलाई पौडेलको प्रश्न : सबै अमूल्य समय अरुको आलोचनामा खर्चेर कसरी समृद्ध नेपाल बन्छ ?

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफ्नो अमूल्य समय विपक्षी पार्टीहरुको आलोचनामा नखर्चन प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् । बुधवार अर्घाखाँचीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पौडेलले विपक्षी पार्टीहरुको आलोचनामा सबै समय खर्चेर कसरी समृद्ध नेपाल बन्छ भनी प्रधानमन्त्री ओलीलाई प्रश्न गरे । 

“प्रधानमन्त्री ओली राति दुई बजे सम्म नसुतेर समृद्ध नेपाल बनाउने योजना बनाउनुहुन्न, उहाँ त भोलि कांग्रेसलाई कुन उखान टुक्काले घोचपोच गर्न सकिन्छ भनेर अनिदो बस्नुहुँदो रहेछ,” पौडेलले भने । 

नेपाली कांग्रेसले अहिले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह नगर्ने हो भने देशमा अधिनायकवाद हावी हुने पौडेलको दाबी थियो ।

पौडेलले सरकारका पछिल्ला काम कार्वाहीका कारण नेकपाका कार्यकर्ताहरु नै रुष्ट भएको दाबी गरे । “हामीले सरकारलाई निर्धक्क सय दिन सम्म काम गर्ने वातावरण दिएका थियौं, तर त्यस अवधिमा सरकारले प्रतिपक्षीलाई त के सत्तापक्षका कार्यकर्तालाई नै खुशी बनाउने काम गर्न सकेन” पौडेलले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक