प्रधानमन्त्री आज स्वीट्जरल्याण्ड जाँदै, यस्तो छ भ्रमण तालिका

 

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज स्वीट्जरल्याण्ड भ्रमणमा जाँदैछन्। वर्ल्ड इकोनोमिक फोरमको ४९ औँ वार्षिक बैठकमा सहभागी हुनका लागि प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन्। 

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओलीले जनवरी २२ मा त्यहाँ स्टाटेजिक आउटलुक अन साउथ एसियाको प्यान डिस्कसनमा नेपालको तर्फबाट आफ्नो धारणा राख्ने कार्यक्रम छ। 

२२ जनवरीदेखि २५ सम्म स्वीटरजरल्याण्डको डावोस शहरमा यस पटक ‘ग्लोबलाइजेसन ४.० : सेपिङ ग्लोबल आर्किटेक्चर इन दी एज अफ फोर्थ इन्डस्ट्रियल रिभोलुसन’ नाराका साथ आयोजना हुने सम्मेलनमा जी २० सहित विश्वका १५० बढी देशका राजनीतिक तथा आर्थिक नेताहरुको जमघट हुँदैछ।  

सम्मेलनको अर्को सत्र ‘सेपिङ दी फ्युचर अफ डेमोक्रेसी’ मा प्रधानमन्त्री ओलीले जनवरी २३ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै जनवरी २३ मै विश्वका आर्थिक नेताहरुको अनौपचारिक जमघटमा ‘इन्ड अफ ग्लोवल ट्रेड बक वी नो इट?’ विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसैबीच प्रधानमन्त्री ओलीले भ्रमणका दौरान साइड लाइनमा विश्वका राजनीतिक तथा व्यवसायीक नेतृत्वहरुसँग भेट गर्ने मन्त्रालयले जनाएको छ। यद्यपि, त्यो भेट कुन स्तरको हो भन्ने मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकामा उल्लेख छैन। 

प्रधानमन्त्री ओलीले त्यहाँ स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग भेट गर्न सक्ने बताइए पनि यसबारेमा परराष्ट्र मन्त्रालय मौन छ। 

प्रधानमन्त्री ओलीसँग भ्रमण दलमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडासहित प्रधानमन्त्री कार्यालय, परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीसमेत सहभागी हुनेछन्। प्रधानमन्त्री ओली माघ १२ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा