प्रधानमन्त्रीले दिए राजीनामा

CM-Prachanda-in-Airport-VIP-Room

१० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् ।

 

आफूले सफल प्रधानमन्त्रीका रुपमा विदा लिन पाएको भन्दै उनले खुसी समेत व्यक्त गरे ।

प्रचण्डले सम्बोधन गरेर राजीनामा दिन चाहेका थिए । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिने चेतावनी दियो ।

दुई दिनसम्म चलेको सहमतिको प्रयास असफल भएपछि प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्ने निर्णय लिए ।

राजनीतिको सबैभन्दा ठूलो समस्या इमानको कमी र उपयोगको संस्कृति भएको भन्दै उनले भने, ‘दलहरु र नेताहरुबीच भएका लिखित र अलिखित सहमतिहरु थुप्रै पटक च्यातिएका थुप्रै उदाहरण हामीसँग छन् । सत्ता साझेदारीका हकमा त अहिलेसम्म कुनै पनि समझदारी पालना भएका छैनन् ।’

तर, आफूले नेपाली राजनीतिमा रहेको नैतिकताको खडेरी तोड्ने संकल्प गरेको भन्दै उनले भने, ‘नेपाली कांग्रेससँग भएको समझदारी अनुसार नै म अगाडि बढ्दैछु ।’

उनले दोस्रो चरणको चुनाव आफ्नो नेतृत्वको सरकारले नै गराओस् भन्ने सिंगो देश र प्रतिपक्षको सदिक्षाप्रति आभार प्रकट गरे ।

सत्ता छाड्नुपर्दा अहिलेसम्म देखिने गरीको पीडा, आक्रोस र छटपटीको परम्परा तोड्दै अवका दिनमा राजनीतिज्ञ, सांसद र नागरिकका रुपमा मुलुक र जनताको उत्थानमा क्रियासिल रहने प्रतिवद्धतासहित आजै र अहिले नै प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गर्छु ।’

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकता र सहमतिका निम्ति प्रयासरत रहने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।