June 30, 2020

प्रधानमन्त्रीको राजीनामा मागिएको होइन: प्रवक्ता श्रेष्ठ

 

 सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूचीका अतिरिक्त अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भन्ने सम्बन्धमा दिएकाे पछिल्लो अभिव्यक्तिका विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा यही असार १४ गते प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार हटाउन छिमेकी भारतका संयन्त्र र पार्टीका नेता भित्रभित्र संलग्न भएको भन्ने अभिव्यक्ति दिएको विषयमा छलफल भएको हो। यसैगरी निर्वाचन आयोगमा नेकपा (एमाले) नामको पार्टी दर्ताका लागि निवेदन परेको विषयमा पनि मंगलबारको बैठकमा छलफल भएको छ।

बैठकको आरम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले व्यक्त गरेका भनाइका बारेमा अन्योल भएकाले स्पष्ट हुनुपर्ने जनाउँदै सो विषय छलफलमा प्रवेश गराएका थिए।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सो विषयमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता श्रेष्ठ, वेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीमबहादुर रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश साह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, गोकर्ण विष्ट, भीम आचार्यसहित १८ जनाले विचार राखे। जवाफमा प्रधानमन्त्रीले आफूले बोलेका कुराबारे स्पष्ट पारेको र आफू पार्टीप्रति विश्वस्त रहेको जनाएका थिए।
    
बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्रीको राजीनामा मागेको भनी समाचार आएकोबारे पत्रकारको प्रश्नमा प्रवक्ता श्रेष्ठले राजीनामाको कुरा नआएको स्पष्ट गरे। नेता श्रेष्ठले भने, “बैठकमा सरकार र पार्टीबारे विभिन्न कुराहरु भएको छ । छलफल जारी छ । यसबीचमा अध्यक्षका बीचमा छलफल हुन्छ । आवश्यकतानुसार सचिवालय बस्छ र आवश्यतानुसार स्थायी कमिटीले संश्लेषण गर्छ । राजीनामाका बारेमा कुरा भएको होइन ।”
    
 निर्वाचन आयोगमा नयाँ पार्टीका रुपमा नेकपा (एमाले) नामक पार्टी दर्ता गर्न आवेदन दिएको भन्ने सम्बन्धमा नेकपाको कुनै पार्टी या नेता संलग्न छ/छैन भन्ने विषयमा बैठकमा जानकारी मागिएको थियो। झापाका सन्ध्या तिवारीको नेतृत्वमा उक्त दल दर्ताको निवेदन परेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक