February 20, 2018

प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचौं जन्ममिति सार्वजनिक !

 

फाल्गुन ८, काठमाडौं । बिबादै विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचौं जन्ममिति खुलेको छ । चितवनको शारदानगरस्थित श्री शारदा माविबाट लिएको स्थानान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट) को विवरणअनुसार उनको जन्ममिति २००९ साल चैत १५ गते देखिन्छ ।प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकतामा फरकफरक जन्ममिति भेटिएपछि उत्पन्न विवाद अझै निरुपण हुन सकेको छैन ।

सर्वोच्च अदालत उच्च स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको ट्रान्सफर सर्टिफिकेटमा प्रधानन्यायाधीश पराजुलीको त्यतिबेलाको उमेर १८ वर्ष २ महिना १० दिन उल्लेख छ ।प्रमाणपत्रमा भनिएको छ, ‘भर्ना हुने रजिस्ट्ररअनुसार उनको जन्ममिति यही हो ।’ उक्त प्रमाणपत्र २०२८ साल जेठ २५ गते जारी गरिएको त्यसमै उल्लेख छ ।

न्यायपरिषदबाट सर्वोच्च अदालतमा भएको पत्राचारमा समेत यो प्रमाणपत्रको फोटोकपी पठाइएको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ । 

प्रमाणपत्रैपिच्छे फरक विवरण

प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र त्यससग सम्बन्धित पत्राचारका कागजातमा ३ थरी जन्ममिति भेटिएका छन् । उनको स्थानान्तरण, प्रवेशिका र त्यसपछिको क्याम्पस तहको शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरकफरक उल्लेख गरिएको छ । नागरिकता प्रमाणपत्रमा दुई थरी स्पष्टै भेटिएको छ भने त्यसैका आधारमा बनेको सञ्चयकोषको परिचयपत्र हेर्दा जन्ममिति नै ३ पटक संशोधन गरिएको देखिन्छ । न्यायपरिषदकै अभिलेखमा समेत उनको ३ वटा जन्ममिति भेट्न सकिन्छ । यद्यपि उनले चित्त दुखाउदै सञ्चारमाध्यमलाई इङित गर्दै अरुका बारे भ्रामक सूचना सम्प्रेषण हुन थालेको भन्दै ‘राज्यलाई घच्घच्याउने संस्थालाई आफ्नो विशेषता नगुमाउन’ आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको