प्रदेश सभामुख सरोजकुमार यादवले कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिएका छन् । अब कांग्रेस संसदीय दलका नेता रामसरोज यादव प्रदेश २ का प्रमुख प्रतिपक्षी दलको नेता भएका छन् ।
प्रदेश सभामुख यादवले प्रदेश सभा नियमावली नबनेसम्म कांग्रेसलाई प्रतिपक्षी दलको मान्यता दिएको बताए । ०७३ मा बनेको संघीय सदनको कानुनअनुसार नै कांग्रेसलाई विपक्षी दलको मान्यता दिएको उनले बताए । यादवले भने, ‘प्रदेश सभा नियमावली बनेपछि सोहीअनुसार प्रमुख प्रतिपक्षीको व्यवस्था हुनेछ, तत्काललाई संघीय सदन नियमावलीअनुसार निर्णय लिएको हुँ ।’
प्रदेश सभामा तत्कालीन एमाले र कांग्रेस दुवैले प्रमुख प्रतिपक्षी दलको दाबी गरेपछि विवाद भएको थियो । तत्कालीन एमालेले सरकारलाई विश्वासको मत दिएकाले आफूहरूले प्रमुख प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने कांग्रेसको माग थियो । एमाले सत्ता पक्ष भएको कांग्रेसको जिकिरलाई तत्कालीन एमाले नेताहरूले अस्वीकार गर्दै आएका थिए । कांग्रेसले भने प्रमुख प्रतिपक्षीको मान्यता दिन माग गर्दै संसद् अवरुद्ध गर्दै आएको थियो ।
कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सभामुखको निर्णयको स्वागत गरे । ‘यो पहिला नै लिनुपर्ने निर्णय थियो, ढिलो भए पनि ठीक भएको छ, सभामुखलाई धन्यवाद दिन्छौँ ।’ प्रमुख प्रतिपक्षी दल कुनै पनि सभाको गहना भएको उनले बताए । अब कांग्रेसले सरकारको काममा रचनात्मक सहयोग गर्ने उनको भनाइ छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने