प्रधानमन्त्री पुष्पकमल दाहालले दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन पछि सार्न प्रस्ताव गरेका छन्। दुई नम्बर प्रदेशमा निर्वाचनको वातावरण बन्न नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा अन्य सबै प्रदेशमा निर्वाचन गर्ने र जेठ मसान्तभित्र दुई नम्बर प्रदेशको निर्वाचन गर्ने प्रस्ताव गरेका हुन्। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ। चीन भ्रमणपछि सत्तारुढ नेपाली कांग्रेससहित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँगको छलफलमा प्रधानमन्त्रीले दुई चरणमा निर्वाचन गराउने प्रस्ताव राखेका हुन्।
दुई चरणमा निर्वाचन गर्दा अप्ठ्यारो हुने सत्तारुढ दलकै नेताहरुले बताएपछि प्रधानमन्त्रीले दुई दिनभित्रै सहमति गर्ने बताए। छलफलमा प्रधानमन्त्रीले भने ‘शीर्ष नेतृत्वसँग छलफल गरी अन्तिम निश्कर्षका लागि मलाइ दुई दिन अझै दिनुस्। दुई दिनभित्र सबै कुरा मिल्नेछ।’ मधेसी मोर्चाका नेता एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने ‘प्रधानमन्त्रीले पुन पुरानै प्रस्ताव राख्नुभयो। उहाँले दुई नम्बर प्रदेशमा अहिले नै निर्वाचन सम्भव नभए दोश्रो चरणमा गर्ने कुरा पनि उठाउनुभयो। तर हामी मानेनौं। सत्ता पक्षको मुड सहमति गर्ने जस्तो लागेन त्यही भएर आज कुनै सहमति भएन।
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी