December 23, 2017

प्रदेश सरकार कुन दलले कहाँ बनाउदै? 

bam gathabandan

८, मंसिर, काठमाडौं । निर्वाचन आयोगले सातवटै प्रदेशमा दलहरुले पाएको समानुपातिक सिट सार्वजनिक गरेपछि अब भावी प्रदेश सरकारको तस्वीर प्रष्ट भएको छ ।अन्तिम नतिजाअनुसार प्रदेश नम्बर १ र ३ मा एमालेको एकल बहुमत आएको छ । प्रदेश नम्बर २ बाहेक अन्य सबै प्रदेशमा बामपन्थी गठबन्धनको बहुमत पुगेको छ ।६ वटा प्रदेशमा प्रमुख प्रतिपक्ष हुन लागेको कांग्रेसले २ नम्बर प्रदेशमा भने समानुपातिकतर्फ सबैभन्दा धेरै सिट पाएको छ । तर, उसले त्यहाँ प्रत्यक्षतर्फ कम सीट पाएकाले प्रमुख प्रतिपक्षको स्थान नपाउने भएको छ । किनभने २ नम्बरमा मधेसवादी गठबन्धनको बहुमत आउँदा नेकपा एमाले दोस्रो स्थानसहित प्रमुख विपक्षीको कुर्सीमा बस्न पाउने भएको छ ।प्रदेश नम्बर २ मा भने मधेसवादी गठबन्धनले बहुमत पाएको छ । समानुपातिकतर्फ एमालेले सातै प्रदेशमा गरी ७५ सिट पाउँदा कांग्रेसले उसकै हाराहारी ७२ सिट पाएको छ । तर, कांग्रेसले कुनै पनि प्रदेशमा सरकार बनाउन नसक्ने अवस्था देखिएको छ ।

 

प्रदेश नम्बर १ः वामपन्थीलाई दुईतिहाइ

प्रदेश नम्बर १ मा प्रत्यक्षतर्फ कुल ५६ मध्ये ३६ सिट जितेको एमालेले समानुपातिकमा १५ सिट पाएर ५१ सिटसहित एकल बहुमत पाएको छ । कांग्रेस प्रत्यक्ष ८ र समानुपातिक १३ सहित २१ सिट पाएर दोस्रो भएको छ भने माओवादीले प्रत्यक्ष १० र समानुपातिक ५ सहित १५ सिट पाएको छ ।प्रत्यक्षमा एक सिट जितेको संघीय समाजवादी फोरमले समानुपातिकमा २ सिट सहित ३ सिट पाएर १ नम्बर प्रदेशको चौथो पार्टी बनेकेा छ । यहाँ राप्रपा र संघीय लोकतान्त्रिक परिषदले एक एक सिट पाएका छन् ।

प्रदेश २ः मधेसवादीको बहुमत

प्रदेश नम्बर २ मा समानुपातिक र प्रत्यक्ष सहित ५४ सिट पाएर मधेशवादी गठबन्धनले बहुमतको सरकार बनाउने भएको छ । २ नम्बर प्रदेशमा संघीय समाजवादी फोरमले २९ सिट र राजपा नेपालले २५ सिट पाएका छन् । एमालेले २१ सिट पाएको छ भने कांग्रेसले १९ सिट,माओवादीले ११ सिट र नेपाल संघीय समाजवादी पार्टीले एक सिट पाएका छन् ।

प्रदेश ३ः एमालेको एकल बहुमत

प्रदेश नम्बर ३ मा ५९ सिटसहित एमालेले एकल बहुमत पाएको छ । त्यस्तै माओवादीले २२ सिट पाएको छ । वाम गठबन्धनले यहाँ पनि दुई तिहाई बहुमत पाएको छ ।नेपाली कांग्रेस २१ सिटसहित यो प्रदेशमा तेस्रो भएको छ । विवेकशील साझा पार्टीले ३ सिट पाएको छ भने राप्रपा,राप्रपा प्रजातान्त्रिक,नयाँ शक्ति र नेपाल मजदूर किसान पार्टीले एक एक सिट पाएका छन् ।

प्रदेश ४ःवामपन्थीको बहुमत

प्रदेश नम्बर ४ बाट एमालेले २७ सिट पाएको छ । यहाँ उसको एकल बहुमत भने सम्भव भएन । माओवादीको १२ सिट सहित यो प्रदेशमा पनि वामपन्थी गठबन्धनको बहुमत भएको छ ।कांग्रेसले १५ सिट जित्दा राष्ट्रिय जनमोर्चाले र नयाँ शक्तिले एक एक सिट जितेका छन् । राष्ट्रिय जनमोर्चा पनि वामपन्थी गठबन्धनकै शक्ति हो ।

प्रदेश ५ः वामपन्थीको बहुमत

प्रदेश नम्बर ५ मा एमालेले ४१ र माओवादीले २० सिट जितेर प्रदेशमा बहुमतको सरकार बनाउने भएका छन् । यो प्रदेशमा कांग्रेसले १९ सिट जितेको छ । यहाँ संघीय समाजवादी फोरमले ५ तथा राजपा र राष्ट्रिय जनमोर्चाले एक-एक सिट जितेका छन् ।

प्रदेश नम्बर ६ः वामपन्थीको दुई तिहाई

प्रदेश नम्बर ६ को समीकरण भने केही फरक देखिएको छ । यहाँ कुल ४० सिटमध्ये एमालेले २० सिट पाएको छ । माओवादीले १३ सिट पाएको छ भने कांग्रेसले ६ र राप्रपाले एक सिट पाएका छन् । यहाँ एमालेको २० सिट र अरु सबै दलको २० सिट भएको छ । वामपन्थी गठबन्धनको दुई तिहाई भएको छ ।

प्रदेश ७ः वामन्थीकै बहुमत

७ नम्बर प्रदेशमा एमालेले २५ सिट जिते पनि एकल बहुमत छैन । माओवादीको १७ सिट थपिदा यहाँ पनि बामपन्थीको बहुमतको सरकार बन्ने भएको छ । यहाँ कांग्रेसले १० र राजपाले २ सिट पाएका छन् ।

दुई मुख्यमन्त्रीमा माओवादीको दाबी

प्रदेश सरकार गठनका विषयमा कुरा गर्दा दुई नम्बर बाहेक ६ वटा प्रदेशका वामपन्थीको सरकार बन्ने भए पनि एमाले र माओवादीले के कति भागवण्डा गर्ने भन्ने टुंगो लागिसकेको छैन ।तर, प्रदेश नम्बर ५ मा एमालेका शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने लगभग पूर्वसहमति वाम गठबन्धनमा भइसकेको छ । प्रदेश नम्बर १ र ३ मा पनि एमालेले नै मुख्यमन्त्री पाउने सम्भावना छ ।बाँकी प्रदेश नम्बर ४, ६ र ७ मध्ये माओवादीले दुईवटा प्रदेशमा आफूले मुख्यमन्त्री पाउनुपर्ने दाबी गरेको छ । माओवादीका एक नेताले अनलाइनखबरसँग भने- ‘६ वटामध्ये एमाले चारवटा मुख्यमन्त्री लिने हो भने हामीले दुईवटा पाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी