नगरकोट, मंसिर २७ । भक्तपुरबाट प्रतिनिधि र प्रदेशसभामा निर्वाचित भएका नेकपा (एमाले)का सांसदहरुले भक्तपुरमा प्रदेशसभाको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रफ्त सञ्चार क्लबले गरेको साक्षात्कार कार्यक्रममा उृनीहरुले भक्तपुर ३ नं.प्रदेशका केन्द्र पर्ने र यहाँ पर्याप्त सार्वजनिक स्थल भएकाले भक्तपुरमा प्रदेशसभाको राजधानी निर्माणको पहल गर्ने दाबी गरेका हुन् ।
भक्तपुर २ नं को प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएका महेश बस्नेतले भक्तपुरको सानोथिमी क्षेत्र, सल्लाघारीको ९९ रोपनी जमिन, जगातीको इँट्टा, टायल कारखानालगायतका क्षेत्रमा ३ नं प्रदेशको राजधानी निर्माण गर्न उपयुक्त स्थान भएको बताए ।
भक्तपुरलाई ३ नं प्रदेशको अस्थायी राजधानी तोक्नका लागि आफू निर्वाचित भएपछि मुख्यसचिव र सम्बन्धित मन्त्रालयका सचिवसँग कुरा गरिसकेकाले अब भक्तपुरमा नै अस्थायी राजधानी हुने बताए ।
भक्तपुर २ नं निर्वाचन क्षेत्र प्रदेशसभा ‘क’ बाट निर्वाचित शशीजंग थापाले अब भक्तपुर नै ३ नं प्रदेशको राजधानी हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरे । भक्तपुर शान्त, सुन्दर हुनुका साथै पर्याप्त सार्वजनिक स्थान भएकाले यहाँ नै प्रदेशसभाका राजधानी हुने थापाको भनाइ छ ।
त्यस्तै भक्तपुर २ नं निर्वाचन क्षेत्र प्रदेशसभा ‘ख’ बाट निर्वाचित राजेन्द्रमान श्रेष्ठले बोडेको कृषि विकास तालीम केन्द्र र सानो थिमीस्थित शिक्षा विभागको क्षेत्रका र खरिपाटीको विद्युत् प्राधिकरणको तालीम केन्द्रमा ३ नं प्रदेशका कार्यालयहरु राख्न सकिने बताए ।
पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ
हुम्ला, असोज १७ गते । स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको