प्रदेशसभामा खरो उत्रियो प्रतिपक्षी, डीआईजीको कार्यशैलीमाथि सदनमा प्रश्न

प्रदेश–१ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) केदार रिजालको कार्यशैलीमाथि प्रदेश सभामा प्रश्न उठेको छ । 

Sansad-Suyarma-Raj-rai2019-02-06

प्रदेश–१ को हिउँदे अधिवेशनअन्तर्गतको पहिलो विद्येयक बैठकमा सांसदकातर्फबाट रिजालको कार्यशैलीमाथि प्रश्न उठाइएको हो । प्रमुख विपक्षी काँग्रेस सचेतक सूयर्माराज राईले डीआईजीको कार्यशैली र सांसदलाई प्रयोग गर्ने भाषा आपत्तीजनक भएको सदनलाई जानकारी गराए । उनले भने, ‘‘प्राकृतिक साधनको अनधिकृत उत्खनन् भएको विषयमा जानकारी गराउँदा डीआईजी साबले प्रयोग गरेको भाषा आपत्तीजनक थियो । उहाँलाई कसले भाषा सिकाउने ?’’ सांसद राईले आफूले जनताले विरोध गर्दागर्दै चिसाङ खोलामा प्रहरी लगाएर क्रसर व्यवसायीलाई फाइदा पुग्ने गरी उत्खनन् गरिएको जानकारी गराउँदा डीआईजीबाट अपमानित हुनु परेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए । भने,‘‘जनताको खेत छुट्याएर मात्र ठेक्का लगाउन आग्रह गरेपनि उल्टै प्रहरी प्रशासनको संरक्षणमा काम भएको छ । एकीकृत भन्सार बिन्दु(आईसीपी) का लागि भनेर अनधिकृत उत्खनन् भएको छ ।’’ शून्य समयमा बोल्दै राईले निषेधित क्षेत्रमा अहिले पनि ढुंगागिटी बालुवाको उत्खनन् नरोकिएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

काँग्रेसका प्रमुख सचेतकले विशेष समयमा बोल्दै प्रदेश सरकारको गति स्पष्ट नभएको बताउँदै संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई अधिक अधिकार दिने गरी ल्याउने तयारी गरेको विधेयकको विषयमा प्रदेश सरकार किन मौन बसेको भन्दै प्रश्न गरे । भने,‘‘मुख्यमन्त्री किन निरीह बन्दै हुनुहुन्छ ? किन संघीय सरकारको ध्यानाकर्षण गराउनु हुन्न ? हामी उहाँलाई साथ दिन तयार छौं ।’’

काँग्रेस सांसद बिन्दिया कार्कीले टिपर आतंकका कारण जनता सुरक्षित ढंगले सडकमा हिंड्नसमेत हच्किने गरेको बताइन् । भनिन्,‘‘टिपर चलाउनेलाई लाइसेन्स दिन नै कडिकडाउ गरिनु पर्छ । दिउँसो नभएर राति मात्र चल्ने प्रावधान राखिनु पर्छ ।’’ उनले विराटनगरमा केही दिनअघि भएको बलात्कारको घटनाको अपराधी पत्ता लागेपनि निर्मला पन्तको विषयमा प्रहरीबाट भएका अनुसन्धान सबै प्रभावहीन भएको बताइन् ।

काँग्रेस सांसद सञ्जाकुमारी दनुवारले समानुपातिक सांसदलाई विभेद भएको बताउँदै आफूहरु लोगो लगाउने र भत्ता थाप्नको लागि मात्र निर्वाचित नभएको जिकिर गरिन् । भनिन्,‘‘हाम्रो क्षेत्र भनेको पूरै प्रदेश नै हो त्यसैले जनतासँगको विकासमा जोडिनको लागि भएपनि सांसद विकास कोषको व्यवस्था हुनुपर्छ ।’’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक