September 19, 2019

प्रतिनिधी सभामा राहदानी विधेयकको संशोधन स्वीकृत

Image result for परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीअसोज २, काठमाडौँ । बिहिबार बसेको  प्रतिनिधी सभाको बैठकबाट “राहदानी विधेयक, २०७५ को संशोधन सर्वसम्मतले  स्वीकृत भएको छ ।  

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार बसेको संसद बैठकमा “राहदानी विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव पेश गरेका थिए ।काँग्रेस सांसद पुष्पा भुषालले विधेयकमाथिको बैठकमा सहभागी जनाउँदै  राहदानी विधेयक केही परिमार्जन गरिएपनि संशोधनमा राज्य सचेत भएर कर्यविधिमा लैजान जरुरी भएको बताएकी थिईन् ।

सोही बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले अफिसियल र डिप्लोमेटिक पासपोर्ट दुरुपयोग रोक्ने प्रवधान राख्न माग गरेका थिए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा  उठेका प्रश्नको जवाफ फर्काएका थिए ।  उनले केही गम्भीर खालका अपराध रहेको र त्यस्ता अभियोग लागेका व्यक्तिलाई मात्रै नहेरी अरु धेरै मानिस प्रभावित हुने भएकाले त्यसै अनुसारको व्यवस्था विधेयकमा गरिएको बताउनुको साथै कुटनीतिक राहदानी प्राप्त गर्ने अधिकारीले नै विचार गर्नुपर्ने बताएका थिए ।  

सभामुख महराले परराष्ट्रमन्त्री  ज्ञवालीको  जवाफ सुनेपछी  विधेयक सर्वस्वीकृत भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा