प्रतिनिधि र प्रदेशसभामा प्रत्यक्षतर्फ एमाले पहिलो, कांग्रेस तेस्रो (अन्तिम सूचीसहित)

  २०७४ मङ्सिर २७ बुधबार ११:५९:००

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा दुवैको मतगणना सकिएको छ । समानुपातिकतर्फको भने मतगणना जारी छ । अन्तिम परिणाम आउन अझै दुई–चारदिन लाग्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रतिनिधिसभातर्फ १६५ सिटमध्ये एमालेले ८० सिट जितेको छ भने दोस्रोमा रहेको माओवादी केन्द्रले ३६ स्थान जितेको छ । त्यस्तै, कांग्रेसले २३ स्थान जित्दा मधेसवादीहरूले २१ स्थानमा कब्जा जमाएका छन् । 

संघीय समाजवादी फोरमले ११ स्थानमा जित हासिल गरेको छ भने राष्ट्रिय जनता पार्टी नेपाल १० स्थानमा निर्वाचित भएको छ । राष्ट्रिय जनमोर्चाले १, नेपाल मजदुर किसान पार्टीले १, नयाँ शक्ति, नेपालले १ र स्वतन्त्रले १ स्थानमा जित हासिल गरेका छन् ।

प्रदेशसभामा प्रत्यक्षतर्फ एमालेको ५६ प्रतिशत

प्रदेशसभामा प्रत्यक्षतर्फ एमाले एक्लैले ५६ प्रतिशत जित हासिल गरेको छ । कुल ३३० सिटमा एमालेले १८६ स्थानमा जित हासिल गरेको हो । माओवादी केन्द्रले ७३ र 
कांग्रेसले ४१ स्थान जितेर प्रदेशसभामा पनि तेस्रो भएको छ ।

मधेसवादी दलमध्ये संघीय समाजवादी फोरम, नेपाल २४ स्थानमा विजयी हुँदा राष्ट्रिय जनता पार्टी १६ र अन्य ८ स्थानमा विजयी भएका छन् ।

विजयी उमेदवारहरूको सूची

प्रतिनिधिसभा

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक