प्रणय दिवसकै संघारमा ल्याइन् मेलिना राईले प्रेमील गीत (भिडियोसहित)

सुमधुर स्वरकी धनी मेलिना राईको स्वरमा ‘तिमी सुन न, तिमी बुझ न’ बोलको प्रेमील गीत  वसन्त पंचमीका दिन यु ट्युबमार्फत सार्वजनिक गरिएको छ ।

timi-sunana

संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना निवासी डाक्टर चन्द्र गिरी र डाक्टर ऋषि बास्ताकोटीको शव्द रचनामा खेम विश्वकर्माले संगीत गरेको गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।

गीतको रेकर्डिङ्ग काठमाडाैंस्थित मेलोडी नेपाल स्टुडियोमा गरिएको हो । प्रेम मनोविज्ञानको गहिराइमा पुगेर शुसज्जित शब्दहरूमा लेखिएको गीतमा आफूले मिहिनेतका साथ संगीत गरेको र मेलिना राईले गायनमा राम्रै न्याय गरेकोले यो गीत स्रोताहरुको मन जित्न सफल हुनेमा आफू विश्वस्त रहेको संगीतकार खेम विश्वकर्मा बताउँछन् ।

प्रणय दिवसको संघारमा सार्वजनिक गरिएको यो गीतमा स्रोताले आफ्नै प्रेमील कथा भेट्टाउने कुरामा गीतकार डाक्टर चन्द्र गिरी विश्वस्त छन् । गीतकार गिरीका अनुसार गीतको म्युजिक भिडियो निकट भविष्यमा अमेरिकाकै नर्थ क्यारोलाइनामा छायांकन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको