प्रजातान्त्रिक योद्धा राईको तस्बिर अंकित हुलाक टिकट प्रकाशित

 

पुस १६, काठमाडौँ । सरकारले प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले हिजाे १० रुपैयाँ दरका टिकटमा टाँचा लगाएका थिए ।

रामप्रसादकै नाममा यस अघि २०५५ सालमा ७५ पैसा दरका टिकट प्रकाशन गरिएको थियो । उनी २००७ सालको क्रान्तिमा भोजपुर क्षेत्रबाट लडेका थिए । दिल्ली सम्झौताप्रति असन्तुष्ट उनी २००८ सालको सिंहदरबार बिद्रोहपछि बेपत्ता भएका थिए ।

इतिहासले न्याय गर्छ भन्ने टिकट प्रकाशन कार्यबाट प्रमाणित भएको मन्त्री बास्कोटाको भनाइ थियो । ‘यो साधारण हुलाक टिकट होइन’, उनले भने, ‘आज रामप्रसादले प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको सम्मान भएको छ । न्यायको जित भएको छ । यो कार्य त पहिले नै हुनुपथ्र्यो तर ढिलै भए पनि आज सम्पन्न भएको छ । सरकारले गरेका उल्लेखनीय कार्य मध्ये यो पनि एक हो ।’

हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीले इन्डोनेसियामा ५ लाख प्रति टिकट छापिने बताए । ‘अहिले १६० वटा लिएर आएका छौँ’, उनले भने, ‘बाँकी तीन महिना भित्र आउँनेछन् ।’ उनका अनुसार उक्त टिकट पूर्णकला लिम्बूले डिजाइन गरेकी हुन् ।

टाँचा लगाउने समारोहमा संघिय सांसद सुदन किराती, प्रा.डा. गोविन्दमान सिंह कार्की लगायतले योद्धा रामप्रसाद राईका बारेमा प्रकाश पारेका थिए । उक्त समारोहमा पूर्व मन्त्री कृपासुर शेर्पा, सांसद घनेन्द्र बस्नेतका साथै रामप्रसाद राई स्मृति प्रतिष्ठान र रामप्रसाद राई फाउन्डेसनका पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्