February 24, 2018

प्रचुर यौनशक्ति पाउन खानुस् यस्ता खानेकुरा

स्वस्थ मानिसमा प्रशस्त शक्ति हुन्छ र अरू कार्यका लागि जस्तै यौनका लागि पनि यो आवश्यक पर्छ । शक्तिविना मानिस कमजोर हुन्छ । यससँगै विभिन्न रोग देखा पर्दै जान्छ । हामी दैनिक खानपिनमा भोक मेटाउन मात्रै जोड दिन्छौँ, कस्तो खानपानले के असर गर्छ भन्ने कुरामा जोड दिँदैनौँ । यस्तो बानीले मानिस रोगी हुन सक्छन् ।

अदुवा खाने बानी कत्तिको छ ? छैन भने अदुवामा जोड दिनुहोस् । यो खानाले रोगप्रतिरोधी क्षमता बलियो बनाउँछ । साथै, अदुवा खानाले यौनांगसहित शरीरका सबै भागमा रक्तसञ्चार तीव्र हुन्छ । सेक्सअघि अदुवा हालेको चिया खानुभयो भने यसले तपाईंको शरीरलाई तताउने र मुटुको गतिलाई तीव्र बनाउने काम गर्छ ।

लसुनले मुख गनाउँछ भनिन्छ । तर, लसुन निकै लाभदायी घरायसी मसला हो । लसुनमा एलिसिन नामक तŒव पाइन्छ, जसले यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ ।

तुलसीमा कामोत्तेजना जगाउने तत्व हुन्छ । यसको पाउडर अथवा तेल शरीरमा घस्ने हो भने र तुलसीको पात खाने हो भने यौन उत्तेजना जगाउने हर्मोन बढी उत्सर्जन हुन्छ ।

बदाममा फ्याट्टी एसिडको मात्रा उच्च हुन्छ । यसले महिला तथा पुरुष दुवैमा यौनसम्बन्धी हर्मोन बढी उत्पादन गराउँछ ।

 त्यस्तै, यसमा पाइने अर्जिनाइन नामक तत्वले रक्तधमनीलाई रिल्याक्स गराई पुरुषको यौनांगमा रक्तसञ्चार
तीव्र गराउँछ ।

केरामा ब्रोमेलेन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ । यसले कामोत्तेजना बढाउने गर्छ । त्यसैगरी, यसमा पाइने पोटासियम र भिटामिन बीले पुरुष तथा महिला दुवैमा सेक्स हर्मोन र ऊर्जा बढाउने गर्छन् ।

कुरिलोमा भिटामिन ई पाइन्छ । जसले पुरुष तथा महिला दुवैलाई यौनका क्रममा चरमोत्कर्षको अवस्थामा चाँडै पुग्न सघाउ पुर्‍याउँछ ।

 रातो खुर्सानीले रक्तसञ्चार र मुटुको गतिलाई तीव्र बनाउँछ ।

अन्डाले यौनशक्ति बढाउँछ । यसमा भिटामिन बी–६ र भिटामिन बी–५ प्रचुर मात्रामा पाइन्छ । यिनले सेक्स हर्मोनसहित समग्र हर्मोनलाई सन्तुलनमा राख्ने गर्छन् ।

फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याट्टी एसिड र जिंक पाइन्छ । यसले यौनजीवनलाई भव्य बनाउने हर्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित