January 13, 2018

प्रचण्ड परिवारसँग सम्बन्ध सुधार्दै राष्ट्रपति भण्डारी

२९ पुस, काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड एमाले-माओवादी मिलेर बन्ने एकीकृत पार्टीको अध्यक्ष बन्ने चर्चा भइरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्ड परिवारसँग अनौपचारिक सम्बन्ध बढाएकी छिन् । यसैक्रममा राष्ट्रपतिले शुक्रबार साँझ शीतलनिवासमा प्रचण्ड परिवारलाई डिनरका लागि निम्त्याइन् ।

राष्ट्रपति भण्डारीको निम्तो मान्न माओवादी अध्यक्ष प्रचण्ड, पत्नी सीता दाहाल र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका साथै कञ्चनपुरकी सांसद वीना मगरसमेत उपस्थित थिए । रेणु प्रचण्डकी छोरी हुन् भने वीना बुहारी हुन् ।

शीतलनिवासको डिनरमा प्रचण्डका नाति र नातिनाका साथै ज्वाइँहरु पनि सहभागी थिए । स्व. प्रकाश दाहालका छोराहरु प्रणव र प्रशिद्ध दाहालका साथै रेणु दाहालका पति अर्जुन पाठक पनि सपरिवार शीतलनिवास पुगे । कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य पनि सपरिवार उपस्थित भए ।

शुक्रबार दिउँसो म्याग्दीको बेनी पुगेका प्रचण्ड त्यहाँबाट फर्केलगत्तै साँझमा शीतलनिवास पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रचण्ड परिवारले राति अबेरसम्म जमघट गरेको स्रोतले बतायो ।

‘यो एउटा विशुद्ध पारिवारिक भेटघाट हो,’ भरतपुरकी मेयर रेणु दाहालले अनलाइनखबरसँग भनिन्-‘उहाँले डिनरका लागि निम्तो दिनुभएको थियो, त्यसैले हामी सपरिवार गएका हौं ।’

सीता दाहाललाई राष्ट्रपतिको सहानुभूति

त्यसो त राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डको सिंगै परिवारलाई डिनरमा बोलाउनुको अर्को भावनात्मक कारण सीता दाहाल पनि हुन् ।
यसअघि पुत्रवियोग परेकी दाहाललाई राष्ट्रपतिले लाजिम्पाटमा पुगेर दुई सहानुभूति दिएकी थिएन् । पतिवियोग पर्दा पनि आफू सम्हालिएको प्रशंग सुनाउँदै त्यसबेला राष्ट्रपतिले सीता दाहाललाई सम्हालिन भनेकी थिइन् । त्यहीँदेखि राष्ट्रपति र प्रचण्ड परिवारवीच भावनात्मक सम्बन्ध बढेको स्रोत बताउँछ ।

यसैवीच प्रचण्डपत्नी सीता दाहाल आफ्नो नियमित स्वास्थ्य जाँचका लागि आइतबार दिल्ली जाँदैछिन् । विगत लामो समयदेखि नियमित चेकजाँच गर्ने गरिएको अस्पतालमा फलोअपका लागि उनी जान लागेको पारिवारिक स्रोतले जनायो ।

विद्या-प्रचण्ड राजनीतिक सहकार्य

त्यसो त पछिल्लो समयमा प्रचण्ड र राष्ट्रपतिवीच राजनीतिक क्षेत्रमा पनि ‘लाइन’ मिल्न थालेको चर्चा छ । राष्ट्रियसभा सम्बन्धी अध्यादेशको गाँठो फुकाउने सवालमा प्रचण्डले राष्ट्रपतिलाई सहयोग पुर्‍याएको चर्चा राजनीतिक बजारमा अझै सेलाएको छैन ।

यसका साथै माओवादी र एमालेलाई आफसमा मिलाउने र पार्टी एकता गराउने विषयमा पनि गत दशैंदेखि नै राष्ट्रपति भण्डारीले भित्रीरुपमा भूमिका निभाउँदै आएकी छिन् ।

एमाले र कांग्रेसको वीचमा दूरी बढेका बेला प्रचण्डले मध्यस्थ भूमिका खेल्ने गरेका कारण कतिपय संवैधानिक गाँठोहरु फुकाउन राष्ट्रपतिले प्रचण्डसँग छलफल गर्दै आएकी छिन् ।

राजनीतिक निहीतार्थ
प्रचण्ड परिवारसँग राष्ट्रपति विद्यादेवी भण्डारीको निकटता केवल भावनात्मक एवं संवैधानिक गाँठो फुकाउने विषयमा मात्रै सीमित छैन । र, यो सम्बन्ध वाम एकतालाई निश्कर्षमा पुर्‍याउने उद्देश्यसँग मात्रै पनि सीमित छैन ।

सूत्रहरुका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई भावी अर्को कार्यकालको राष्ट्रपतिका रुपमा पनि दोहोर्‍याउन चाहेकी छिन् । र, यसका लागि उनले प्रचण्डको विश्वास जित्न चाहेकी छिन् ।

एमालेबाट राष्ट्रपतिका रुपमा झलनाथ खनालको पनि नाम आउने गरेको छ । कतिपयले सुवास नेम्वाङको पनि नाम लिने गरेका छन् । तर, एमाले निकट सूत्रहरुको दाबीअनुसार राष्ट्रपति भण्डारी प्रचण्डलाई समेत कन्भिन्स गरेर आफ्नो निरन्तरता सुनिश्चित गर्न चाहन्छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने