October 13, 2017

प्रचण्डमाथि २६ बुँदे आरोप लगाउँदै लोकेन्द्र विष्टद्वारा पार्टी परित्याग, स्वतन्त्र भएको घोषणा !

काठमाडौं । नेकपा माओवादीका प्रभावशाली नेता लोकेन्द्र विष्टले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।   विष्टले आफू अब स्वतन्त्र भएको घोषणा गरेका हुन् ।

‘मैले पार्टीको केन्दीय कार्यालय सदस्य, पर्यटन र केन्द्रीय उत्पादन विभाग, पर्यटन विभागको इन्चार्ज र पार्टी सदस्यबाटै राजिनामा दिएको छु । सामान्य जनसाधरण र शुभचिन्तक मात्रै हुँ । म अहिले स्वतन्त्र छु,’ उनले भने,‘ समर्थक शुभचिन्तक कसको हुने भन्ने कुरा मैले सोच्नु पर्छ । सोच्नु पर्छ किन भने म कसैको लगाभमा छैन । म ‘इन्डिपेन्डेन्ट’ छु । हिजो पार्टी सदस्य लिनेबेला पनि स्वतन्त्र थिएँ । पार्टी सदस्य लिएर चालिसवर्ष करिब काम गरेँ । अब पनि म फेरी स्वतन्त्र भएँ । अब कता लाग्ने वा नलाग्ने मेरो सेल्फ डिसिजनको कुरा भयो । न म प्रचण्ड र ओलीको एकता हुने पार्टीमा हुन्छु न प्रचण्डको पार्टीमा छु न त अर्को कोही को । अहिले म स्वतन्त्र छु ।’

उनले आफ्नो राजिनामा पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई बुझाइ सकेको समेत बताए । ‘कुनै ठोस जिम्मेवारी दिए फेरी माओवादीमा फर्कनु हुन्छ ? भनेर दियोपोस्टले सोधेको प्रश्नमा उनले भने,‘ म अब फर्कन्न । अब मेरो काम गर्ने पुग्यो । मैले अझै पाँच सात वर्ष गरिएला भन्ने सोचेको थिएँ । तर, यहाँ त्यस्ते भएन । मेरो मात्रै के कुरा धेरै साथीहरु त्यत्तिकै घाम तापेर बसेका छन् ।’

उनले माओवादी अध्यक्ष प्रचण्डमाथि विभिन्न २६ बुँदे आरोप समेत लगाएका छन् । वाम धुर्विकरणमा १० बुँधे र अन्य १६ बुँदे आरोप माओवादी अध्यक्ष प्रचण्डमाथि लगाएका छन् । विष्टले भनेका छन्,‘,‘लभ गर्ने एउटा सित, ,लगनगाँठो अर्कै सित, भन्ने एउटा गर्ने अर्कै, ओँठमा चुम्बन गर्ने पिठ्युमा छुरा रोप्ने, दिनलाई रातरातलाई दिन, लुकिङ लन्डन टर्निङ टोकियो, भातका लागि साथ विर्सने, लाभका लागि भात विर्सने, हिँड्दै पाइला मेट्दै गर्ने, डर मान्नेको भर मान्ने, भर मान्नेको डर मान्ने, साथी र शहीदको रगत÷लाशमाथि आफ्नो निजी र निहितस्वार्थपूर्तिमा चुर्लुम्म डुब्ने, चरम अविश्वसनीय चरित्र र प्रवृति ।’

यसअघि विष्टले बुझाएको २१ बुँदे कार्यान्वयनमा कुनै तत्परता देखाएको, सिंगो संगठन सेटमा चलायमान गर्ने नभएर आफू र अंश मात्र रमाएको, बेला बखत समयसमयमा चित्त नबुझे निस्किएर गए हुन्छ भन्दै धम्क्याएको, पार्टी टुक्रा टुक्रा भएर जाँदा पनि आफू दोषी नहुनु तर अरुलाई मात्रै दोषी करार गरेको, पार्टीलाई संस्थागत र सामुहिक भन्दा पनि नितान्त व्यक्तिगत चिन्तन र सोँचमा चलाएको लगायत आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका