December 23, 2017

प्यारलाइसिस हुनबाट कसरी बच्ने ? भइसकेको अवस्थामा के गर्ने ?

 शनिबार , ०८ पुष २०७४

 

प्यारालाइसिस, हामीले सुन्दै र भोग्दै आएको समस्या । यसलाई नेपालीमा पक्षघात भनेर बुझिन्छ । पक्षघात हुनु भनेको शरीरका प्रभावित अंग नचल्नु हो । वा कार्यसंचालन गर्न नसक्नु हो । यस्तो अवस्थामा हाम्रो दिनचर्या नै प्रभावित हुन्छ । हामी शारीरिक रुपले अशक्त हुन्छौ । चिकित्सकको अनुसार तुलनात्मक रुपमा यसको समस्या बढी जाडो महिनामा हुन सक्छ ।

प्यारलाइसिस अर्थात पक्षघात कसलाई हुन्छ, किन हुन्छ, कसरी हुन्छ, कहिले हुन्छ ? पक्षघात भइसकेको अवस्थामा कसरी त्यसबाट सामान्य जीवनमा र्फकने ? यावत विषयमा डा. हेमराज कोइरालाले अनलाइनखबरका लागि यो आलेख तयार गरेका छन् ।

 

यसकारण हुन्छ प्यारलाइसिस

हुन त  प्यारालाईसिस हुने संभावना अन्य मौसममा पनि रहन्छ । यद्यपी जाडो मौसममा यो समस्याले ग्रसित हुनेहरूकोे संख्या अलि धेरै नै हुन्छ ।

जाडो मौसममा चिसोको करणले मस्तिष्कलाई रक्त-आपूर्ती गर्ने धमनीहरू खुम्चिन जान्छ । यसले गर्दा  यी धमनीहरूमा अचानक रक्तचाप बढेर नशाहरू फुट्ने र मस्तिष्क रक्तश्राव हुन्छ । यस अवस्थामा प्यारलाइसिस हुनसक्छ ।

चिसो बढेको बेला नशाभित्रै रगत जम्ने भय बढी हुन्छ । त्यस्तो अवस्थामा मस्तिष्कघात हुने दर पनि बढ्दछ ।

किन हुन्छ ?

सबैले बुझ्ने भाषामा हामी यसलाई प्यारालाइसिस भन्छौं। नेपाली ठेट शब्दमा पक्षघात । कसैले लकुवा पनि भन्ने गर्छन् ।

सुरु गरौं, मस्तिष्कघातबाट ।

यो समस्या केन्दि्रय स्नायु तन्त्रको (मष्तिस्क) कार्यक्षमतामा अचानक आएको ह्रास (मष्तिस्कघात) को कारणले हुने गर्दछ । मस्तिष्कलाई रक्त आपूर्ति गर्ने धमिनीहरू फुटेर रक्तश्राव भई वा रक्तनली भित्रै रगतको थेग्ला जमेर मस्तिष्कघात हुन्छ ।

मस्तिष्कलाई आघात पुग्ने गरि चोटपटक लाग्दा वा अन्य कारणले रक्त नली थुनिए पछि स्नायु तन्तुहरुमा भोजनवाट प्राप्त पोषक तत्व र अक्सिजन आपूर्ति हुन सक्दैन । त्यस अवस्थामा मस्तिष्कघात हुन्छ ।

बर्षमा एक करोड ७३ लाखलाई मस्तिष्कघात

विश्वभरका एक करोड ७३ लाख जनालाई मस्तिष्कघात हुने गर्छ । यो एक बर्षको तथ्यांक हो, दुई बर्षअघिको । अर्थात २०१५ मा  विश्व स्वस्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांक ।

यति भयावह स्थिती छ, मस्तिष्कघातको । यसमध्ये पनि ६७ लाखले त मस्तिष्कघातबाट ज्यान नै गुमाउने रहेछन् । उदेगलाग्दो के भने, बाँचेकाहरु पनि धेरैजसो कष्टकर जीवन विताउन बाध्य हुन्छन् । उनीहरु जीवनभर अपाङ्ग हुन्छन् ।

मृत्युको दोस्रो कारण मस्तिष्कघात ?

हृदयघात पछि मृत्युको दोस्रो मूख्य कारण हो, मष्तिस्कघात  ।

अस्पतालहरुको सघन उपचारकक्ष (आईसियु) प्रवेशको र विश्वब्यापि विकलांगताको प्रमूख कारण पनि हो । अप्रत्यासित रुपमा अपर्झट हुने, तत्कालै ज्यान पनि जाने र बाँचिहाले पनि अधिकांश विकलाङ्ग, परनिर्भर र पराश्रीत भएर वाँच्नुपर्ने जटिलता यसले निम्त्याउँछ ।

त्यसैले मस्तिष्कघातबारे जान्न र बुझाउन आवश्यक छ । यदि यसबारे आवश्यक बहस, छलफल भयो भने  यसबाट हुने मृत्यु लाई कम गर्न र रोगले ग्रस्तहरुलाई  सामान्य जीवनमा यथोचित पुनर्स्थापना गर्न सजिलो हुन्छ ।

मष्तिस्कघात पछि बाँचेकाहरुमा देखिने विकलांगता घातले मष्तिस्कलाई पुर्‍याएको क्षति, घातको क्षेत्र र प्रकृतिको आधारमा निर्धारित हुन्छ । घात हुँदा नष्ट भएका स्नायु तन्तुहरुले गर्ने कार्य सूचारु हुन नसक्दा शरीरको एका पट्टी नचल्ने -प्यारालाईसिस) र शरीर, मन र भावनासंग सम्वन्धित समस्यहरू देखापर्दछन् । मस्तिस्कघात पछी देखिएका समस्याहरूलाई न्यूनिकरण गर्न पुनर्स्थापना गर्न पर्ने हुन्छ ।

कसलाइ हुनसक्छ ?

१. ५० वर्ष उमेर नाघेका

२.  उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोलका समस्य भएकाहरु,

३. अति व्यास्त जीवनशैली जीउनेहरु, तनाव, चिन्ता, शोकमा परेकाहरु

४. मुटु तथा रक्तसंचार सम्वन्धि समस्या जस्तै, एटि्रयल-फि्रविलेशन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्वोसिस, एन्युरिजम, पुरानो माइग्रेन भएकाहरु

५. रक्तस्राव सम्वन्धि समस्य जस्तै, घाउ हुदा रगत वगेको वगेकै हुने वा नसाभित्रै रगत जम्ने रोग भएकाहरु

६.  गर्भनिरोधक औषधि खाने महिलाहरु, परिवारमा मष्तिस्कघातका इतिहास भएकाहरु, टायप ‘ए’ व्यक्तित्व भएकाहरु, हालसालै अथवा पुरानो मष्तिस्क संक्रमणले ग्रस्त रोगीहरु

मस्तिष्कघात भएमा के हुन्छ ?

सघन तथा आपतकालिन उपचार पछि पनि १५ प्रतिशत विरामीलाई वचाउन सकिएको छैन । वाँचेका मध्ये १० प्रतिशत पूर्ण सकुशल हुन सकेका छन् भने ७५ प्रतिशतमा सामन्य, मध्यम, उच्च-परनिर्भर हुनुपर्ने, निरन्तर चिकित्सा सेवा लिन पर्ने खालका विकलङ्गता देखा पर्दछ ।

मष्तिस्कघातले आघात पुर्‍याएको स्नायुकेन्द्रको स्थिती र व्रेन ड्यामेजको प्रकृतिको आधारमा विभिन्न शारीरिक तथा मानसिक विकृतिहरूदेखा पर्दछ जसमध्ये प्यारालाइसिस मूख्य हो ।

अन्य समस्यहरुमा एकापटिका हात खुट्टा वा अनुहारमा झमझमाहट, भारीपन वा कमजोरी देखिनु,खान चपाउन, निल्न र स्वाद पाउन गाह्रो हुनु स्पर्शादि शारीरिक संवेदना थाहा पाउने नसक्नु, दृष्टि धुम्मिनु वा बन्दहुनु, मुड परीवर्तन भइरहनु, स्मरणशक्ति, एकग्रता वा चेतनाको स्तरमा परीवर्तन देखिनु र भावनात्मक रुपमा कमजोर हुने जस्ता समस्य आउन सक्छ ।

के छ त उपचार ?

मष्तिस्कघात हुने बित्तिकै सर्बप्रथम  आपतकालिन उपचार गराउनुपर्ने हुन्छ ।  आपतकालिन व्यवस्थापन पछि फेरि मष्तिस्कघात हुन नदिन यसका जोखिमहरुको निदान गरेर नियमित रुपमा चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्छ ।

कसरी फर्काउने सामान्य जीवनमा ?

घात पछि देखिएको विकलाङ्गता-प्यारालाईसिसको ) निवारण गर्न पुर्नस्थापना नितान्त जरुरी छ । सही समयमा पुर्नस्थापना हुन सकेमा विकलाङ्ता कम गराएर परनिर्भर हुनवाट बचाई दैनिक जीवनका कठिनाइहरूहटाउदै बिरामीलाई स्तरिय जीवन दिन सकिन्छ ।

पूर्नस्थापना पनि चिकित्सक, फिजियोथेरापिष्ट, नर्सिङस्टाफ, स्पीचथेरापिस्ट, मनोवैज्ञानिक, योगथेरापिष्ट, घरका सदस्यहरू र सहयोगीहरुको सामूहिक प्रयास हो । पूर्नस्थापना कोही उपचार विधिहरू स्थिती हेरेर सघन उपचार कक्षवाटै सुरु गर्नुपर्ने पनि हुन सक्छ ।

आपतकालिन ब्यावश्थापन पछि  प्यारालाईसिस भएकाहरुलाई कहिले पनि असाध्य सम्झेर घरमा थन्क्याएर राख्न हुदैन, जतिसक्दो चाडो पुर्नस्थापना केन्द्रमा लगेर उपचार गराउनु पर्छ ।

केन्द्रमा चिकित्सकहरुले रोगीको सम्पूर्ण अवस्था जाँच गरी मष्तिस्कघातले ल्याएको विकलाङ्गतालाई राम्रोसँग केलाएर त्यसका निवारणका लागि थरीथरीका थेरापी र विधीहरुको सामुहिक प्रयोग गर्छन् । ती मध्ये निम्न विधिहरूको यथोचित प्रयोग हुन नितान्त जरूरी छ ।

प्राकृतिक उपचारः

प्राकृतिक तरीकाले, प्राकृतिक संपदाको उपयोग गरी गरीने जडीबुटीको लेप, वेट सिट प्याक, कन्ट्यास्ट बाथ, स्पोन्ज बाथ आदी उपचार पद्घतिहरू रोगको प्रकृति र अवश्था हेरेर दिईन्छ । बिहानको घाममा ३०-३५ मनेट सूर्यस्नान गर्दा र प्रभावित भागमा जलवाष्पको फोहोराले सेक्दा पनि यो रोगलाई फाईदा गर्दछ ।

यी उपचार पद्दति हरूले छालामा रहेका स्नायू रिसेप्टरहरूलाई उत्तेजित गराएर कमजोर मांसपेशी हरुलाई मजवूत बनाउछन ।

फिजीयो थेरापीः

भौतिक उपचार विधिहरू लाई आधार बनाएर दिईने यो चिकित्सा पद्घतिको  प्यारालाईसिसको पुनर्स्थापनामा ठूलो भूमिका छ । यस अन्तरगत थरी-थरीका ब्यायाम तथा थरी-थरीका विद्युतिय तरंगहरू प्रवाह गराएर गरीने उपचार विधि हरू पर्दछन् ।

प्यासिभ एक्सरसाइज, एक्टिभ असिस्टेड, एक्टिभ रेसिस्टेड  पिएनएफ एक्सरसाइज, स्ट्रेचिङ्ग, स्टे्रन्थेनिङ्ग एक्सरसाइज, ब्यालेन्सिङ्ग एक्सरसाइज, कोअर्डीनेशन एक्सरसाइज,  मशल स्ट्युमुलेशन, गेट टे्रनिङ्ग, जस्ता उपचार विधिहरू यस अन्तरगत पर्दछन् ।

अकुपंचरः

अकुपंचर परम्परागत चाईनीज उपचार पद्यतिको एउटा आयाम हो । शरीरका विभिन्न विन्दुहरूमा पातलो सियो राखेर विद्युतिय तरंगहरू प्रवाह गराएर वा नगरीकनै तन्तुलाई उत्तेजीत गराई उपचार गरिन्छ ।  प्यारालाईसिसको पुनर्स्थापनामा एस विधिको पनि पृथक भूमिका छ ।

घातको साथ साथै हुने तन्तुहरूको दुखाई कम गर्न पनि एसले सहयोग गर्छ ।

तेल मालिसः

तेल मालिस गर्दा शरीरका तन्तुहरूलाई प्यासिभ एक्सरसाइज हुनुका साथै रक्त प्रवाह सुचारु हुन्छ र रोगी चाडै लावहान्वित हुनपुग्छ । तर मालिस तालिम प्राप्त ब्याक्ति द्वारा नै गराईनु पर्छ । प्यारालाईसिसको प्रकृति अनुसार मालिसको तरीका छुट्टाछुट्टै हुन्छ ।

मुङ्गेलो, मुला, तिल, जैतुन, बदाम वा तोरीको तेल अन्यतेलहरू भन्दा उपयुक्त छन् । २५० मि.ली. तेलमा ५० ग्राम मरिच वा २५ ग्राम लसुन हालेर हल्का उमालेर बनाईएको तेलले मालिस गर्दा यो रोगमा विशेष फाईदा पुर्‍याउँदछ ।

मनोपरामर्शः

प्यारालाईसिस शारीरिक मात्र नभएर मानसिक समस्या पनी हो।  मानसिक तथा भावनात्मक अस्वस्थता लाइ न्यूनीकरण गर्न मनो परामरसको ठूलो हात छ।  मनोपरामर्सका विज्ञ द्वारा मनोपरामर्स गराइनु पर्छ ।

स्पिच थेरापीः

मस्तिष्कघात भएका आधा रोगी हरुलाई बोली जाने समस्या पनि हुन्छ।  बोली भयका हरूका को पनी प्यारालाईसिस का कारण बोली अस्पस्ठ हुनसक्छ।  यसका लागि स्पीच थेरपी गर्नु पर्छ।

हेरचाहः

प्यारालाईसिसले पीडिÞत हरूलाई व्यक्तिगत हेरचाहको ठूलो जरूरी हुन्छ।  विशेष गारी दिशा-पीसाप को  हेरचाह, कफ र रयाल को सम्हार, सफा सुघर राख्नु आदि अत्यन्त जरूरी छ ।  नर्सङ्ग केयर र  परिबारकै सदस्य ले गर्ने केयर यस अन्तर्गत पर्दछन  बिरामीको हेरचाहा जाती राम्रो भयो त्यति चाडो सन्चो हुन्छ ।

जडिबुटिः

१) दुईचम्चा महमा पाँच केश्रा स्वदेशी लसुन पिसेर बनाईएको पेष्ट मिलाएर डेढ महिना जति नियमित खुवाँउदा रोगीलाई राम्रो फाईदा गर्दछ । पाँच केश्रा स्वदेशी लसुनलाई दुधमा उमालेर खाँदा पनि रोगीलाई राम्रो फाईदा गर्दछ ।

२) पांचवटा खजूरलाई ३५० मि.ली दूधमा हालेर हल्का आँचमा दश मिनट पकाउनुहोस तत्पश्चात हल्का मनतातो बनाएर पिउनुहोस । यसले मस्तिष्कघातले भएको घाउ ठिक गर्न मद्दत गर्दछ तर रोगी मधुमेहबाट पनि पिडित भए यो विधि नअपनाउनु होला ।

३) भोजनमा भिटामिन मिनरल्स एवं एण्टिअक्सिडेण्ट भएको खानेकुराको विशेष समायोजन हुनु पर्दछ ।

४) भूईकटहर, कुरिलो, हरिया सागपातको सेवनले पनि प्यारालाईसिसबाट तङ्ग्रीन मद्दत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने