१४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको निर्वाचनको सुनिश्मिचतताका लागि मिल्न नसकेका विषयमा प्याकेजमै सहमतिको प्रस्ताव गरेका छन् । राष्ट्रिय जनता पार्टी नेपालले ३१ जेठको निर्वाचनअघि नै संविधान संशोधन र स्थानीय तहको संख्या थप गर्नुपर्ने विषयमा अडान राखेपछि शनिबार बालुवाटारमा भएको प्रमुख चार दल बैठकमा प्रधानमन्त्रीले प्याकेजमै सहमति खोज्नुपर्ने प्रस्ताव गरेका हुन् ।
राजपालाई पनि मनाएर दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन प्रमुख तीन दलले अन्तिम प्रयास गरिरहेका छन् । शनिबार साँझ झन्डै पाँच घन्टा चलेको सामूहिक र छुट्टाछुट्टै छलफलमा शीर्ष नेताहरुले राजपा नेताहरुलाई मनाउन विभिन्न विकल्पमा छलफल गरेका थिए ।
तर, राजपाले लामो समयपछि भइरहेको स्थानीय तह निर्वाचनबाट वञ्चित गराउने काम भइरहेको गुनासो गरेको थियो । निर्वाचनका लागि परिस्थिति बनाउनुपर्ने उसको धारणा थियो । उसले संविधान संशोधनको कुनै आधार नभईकन निर्वाचनमा जाँदा जनतालाई धोका दिएको ठहर्ने भन्दै त्यसको सुनश्चितता हुनुपर्ने माग गरेको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।