पोल्यान्डमाथि कोलम्बियाको जित, नकआउट चरण पुग्ने सम्भावना जीवित

काजान (एजेन्सी)– पोल्यान्डलाई ३–० ले हराउँदै कोलम्बियाले विश्व कपको नकआउछ चरणमा पुग्ने सम्भावनालाई जीवित राखेका छ । समूह एचमा पहिलो खेलमा जापानसँग २–१ ले स्तब्ध कोलम्बियाले पोल्यान्डलाई कुनै मौका नदिइ अघिल्लो चरणको यात्राको सम्भावनालाई जीवित राखेको हो ।

कोलम्बियाको जितमा येरी मिना, कप्तान राडामेल फाल्काओ र हुवा कोड्राडोले गोल गरेका थिए । लगातारको दुई हारपछि पोल्यान्ड विश्व कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेललाई सेनेगललाई हराउन सके कोलम्बिया प्रि क्वार्टरफाइनलमा पुग्ने छ । यदि बराबरीमा रोकिएको खण्डमा भने जापान र पोल्यान्डबीचको नजितापछि अघिल्लो चरण पुग्ने दुई टोलीको टुंगो लाग्ने छ ।

४० औं मिनेटमा मिनाको गोलमा कोलम्बियाले खेलमा अग्रता लिएको थियो । पहिलो रोजाइमा परेका हामेस रोड्रिग्वेजको क्रसमा मिनाले नजिकबाट हेड गोल गर्दै अग्रता दिलाएका थिए । फाल्काओले ७० औं मिनेटमा गोल गरे । चोट कारण अघिल्लो विश्व कप गुमाएका फाल्काओको विश्व कपमा त्यो पहिलो गोल हो । ७५ औं मिनेटमा कोड्राडोले गोल गर्दै टोलीको जित निश्चित गरेका थिए । रोड्रिग्वेजको चलाखीपूर्ण पासमा बलअघि बढाउँदै कोड्राडोले गोल गरेका थिए ।

यसअघि समूहको अर्को खेलमा जापान र सेनेगलले २–२ बराबरी खेलेका थिए । समान ४ अंक जोडेका यी दुई टोली मध्ये जापान शीर्ष स्थान र सेनेगल दोस्रो स्थानमा छ । कोलम्बिया ३ अंकसहित समूहको तेस्रो स्थानमा पुगेको छ । पहिलो खेलमा जापानले कोलम्बियालाई र सेनेगलले पोल्यान्डलाई समान २–१ ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

विश्वकप फाइनल : घरेलु मैदानमा उपाधि जित्ने भारतको लक्ष्य

मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।