पोखरामा बम भेटियो, डिस्पोजको भिडियो लाइभ गर्ने पत्रकारमाथि सेनाको दुर्व्यवहार

images_cms-image-000072724

कागजको गोलो प्याकेटमा टेपले बेरेर राखिएको अवस्थामा शंकास्पद बस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

शनिबार बिहान ७ बजे भेटिएको बमलाई सेनाको डिस्पोज टोलीले साढे ८ बजे निष्कृय पारेको हो।

यसअघि विहीबार विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको क्रममा पनि सोही स्थान नजिकै बम भेटिएको थियो।

पोखराको व्यस्त बजारमै बम भेटिएपछि स्थानीयवासी आतंकित बनेका थिए। बम कसले राखेको भन्ने बारेमा अहिलेसम्म कसैले जिम्मा नलिएको छैन। यसबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

पत्रकारमाथि सेनाको दुर्व्यवहार
चिप्लेढुंगास्थित ट्रेड मल नजिकै भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरिरहेको दृष्यको ‘भिडियो लाइभ’‘ गरिरहेका गण्डकन्यूज डटकमका पत्रकार अश्विन दानीमाथि नेपाली सेनाका एक अधिकृतले दुर्व्यवहार गरेका छन्।

ती अधिकारीले पत्रकार दानीको मोबाइलसमेत फुटाइदिएका छन्।

पत्रकार महासंघ कास्कीले दानीमाथि भएको दुर्व्यवहारको विरोध गरेको छ। शनिबारै एक विज्ञप्ति प्रकाशित गर्दै महासंघले पत्रकारमाथि दुव्र्यवहार गरिनु र मोबाइल फुटाइनु प्रेसमाथिको नांगो हस्तक्षेप भएको बताएको छ।

घटनाको आवश्यक छानबिन गरी दोषी सुरक्षाकर्मी माथि कारबाही गर्न र उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन महासंघले माग सकमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने