पूर्व गभर्नर तिलक रावलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ९१ लाख बिगो दाबी

पुस ५, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर डा. तिलक रावलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहीबार अख्तियारले विशेष अदालतमा पूर्व गभर्नर रावल, तत्कालीन नोट विभाग प्रमुख उपेन्द्र केसरी पौड्याल र स्थानीय प्रतिनिधि हिमालय बहादुर पाँडेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पाँच वर्षसम्म नेपाल राष्ट्र बैंकको गभर्नर बनेका रावलमाथि अख्तियारले ९१ लाख बढी बिगो दाबी गरेको छ । गर्भनर बनेका रावलको पाँच वर्षे अवधिमा राष्‍ट्र बैंकबाट अष्ट्रेलियामा १० को ५ करोड थान पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको अभियोग उनीमाथि छ ।

अख्तियारले तीनै जनाविरुद्ध जनही ९१ लाख नौ हजार ८ सय ८९ रुपैयाँ ५८ पैसा बिगो माग दाबी गरेकाे अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

अख्तियारले रावलसहित तत्कालिन नोट विभाग प्रमुख उपेन्द्र र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालयविरुद्व अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत् आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत् आर्थिक लेनदेन गरेको, उजुरीमाथि अनुसन्धान गरेर मुद्दा दायर गरेको हो ।

बोलपत्र पूर्व नै नोटको डिजाईन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगर्ने, लगायतका कार्यहरु गरि नेपाल राष्ट्र बैंकलाई नोक्सानी पुर्याएर आफूलाई फाइदा हुने काम गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित