काठमाडौं, फागुन २ – बाहिरभन्दा भित्र र स्वदेशमा भन्दा विदेशमा धेरै सक्रिय देखिन थालेका पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्डको राजधानी बैंककको आठ दिने राजनीतिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । यसअघि पनि उनी बैंकक गएका थिए र त्यतैबाट चीन पुगेका थिए । यसपटकको बैंकक भ्रमणमा पनि उनले चीन र भारतका रहस्यमय दूतहरुसँग भेटघाट गरेको स्रोतको दाबी छ । प्रमुख तीन दल संविधान कार्यान्वयनका लागि निर्वाचनको मिति घोषणा गर्न असफल भइरहेका बेला गणतन्त्रलाई अस्वीकार गर्ने प्रमुख शक्तिका नायक मानिएका पूर्वा राजा ज्ञानेन्द्रको बैंकक भ्रमण भएको हो । गणतन्त्र र दलहरु असफल भएको निष्कर्षसहित व्यवस्था विस्थापनको अभियानमा जुट्दै स्वदेश तथा विदेशका राजनीतिक शक्तिहरुँग छलफलका लागि उनी ०७३ माघ २० गते बैंकक पुगेका थिए । त्यहाँ गोप्य राजनीतिक भेटघाट गरेर माघ २७ मा उनी स्वदेश फर्किएको खबर छ । बैंककमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष पात्रसँग योपटक पनि गोप्य रुपमा विशेष वार्ता भएको ज्ञानेन्द्र शाह निकट स्रोतले बताएको छ । ज्ञानेन्द्र शाहको एक हप्ता लामो बैंकक बसाईमा विशेषतः चिनियाँ र भारतीय राजनीतिक व्यक्तित्वहरुसँग नेपालको वर्तमान राजनीतिक अस्थिरताले देशको धार्मिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा उत्पन्न तिक्तताले राष्ट्रिय एकतामा खलल पुगेको र यसको समाधान सबै राजनीतिक शक्तिहरुबीचको सहमति मात्र विकल्प रहेको बारेमा गम्भीर वार्ता भएको बताइएको छ । नयाँ दिल्लीको दूतसँग भएको छलफलमा हिन्दु राष्ट्र बनाउने विषयमा केही रणनीति बनाइएको र त्यसलाई कार्यान्वयन गर्न अब ज्ञानेन्द्र शाह विशेष सक्रिय भएर देश दर्शनमा निस्किने तयारीमा रहेको बुझिएको छ ।
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्
काठमाडौँ, असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको
आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी
असार १३,काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको