January 18, 2018

पुर्ब राजाले सुको नदिएपछि….

 

 

 

हिन्दूत्व, राजतन्त्र फर्काउनेजस्ता राप्रपाका एजेण्डा अब बाँकी नरहने भएका छन् । ०६४ सालमा देशभरि नै पूर्णतया रक्षात्मक अवस्थामा रहेका पूर्वपञ्च तथा राजावादी ०७० सालमा निकै लोकप्रिय बन्न सफल भएका थिए । त्यसैकारण २५ सिटसहित संसद्मा बलियो उपस्थिति जनाउन सफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टी यसपटकको चुनावमा भने नराम्रोसँग बढारिएको छ ।

राष्ट्रिय पार्टीको मान्यतासम्म पाउन नसक्ने अवस्थामा त्यो पार्टी किन र कसरी पुग्यो भनेर उनीहरू माघ पहिलो साता वीरगञ्जमा भेला भई समीक्षा गर्दै छन् । ज्ञानेन्द्रले धोका दिए, कांग्रेसले पनि धोका दियो । हिन्दू, राजावादी भन्नेहरूले इमान छाडे । आखिर कारण के हो त ? यसको खोजी हुँदै छ । त्यसै पनि राजावादीको मात्र देशभरबाट ५ लाख मत आउनुपथ्र्यो । पूर्वराजाका आसेपासे, कर्मचारी, नातागोतादेखि शाही शासनकालमा सेवा–सुविधा भोगेकाहरूले त राजावादी पार्टीलाई मत हाल्छन् भन्ने अपेक्षा थियो । देशभरमा कर्मकाण्ड गर्ने पण्डित, पुरोहित मात्र पनि २ लाखजति रहेकोमा उनीहरूले हिन्दूत्व सम्झेर राप्रपालाई समानुपातिकमा त कम्तीमा एक मत हाल्नुपर्ने अपेक्षा थियो ।

उता, पूर्वराजा ज्ञानेन्द्रले १ सुको चुनाव खर्च नदिने, भोट राप्रपालाई नै हाल है, हाम्रो एजेण्डा बोक्ने पार्टी यो हो भनेर कसैलाई भन्दासमेत नभन्ने भएपछि उनको एजेण्डा बोकेर किन हिँड्ने ? भन्दै अब माघ पहिलो साता समीक्षा बैठक बस्ने तयारीमा राप्रपा रहेको स्रोतले जनाएको छ । अहिलेको नतिजाअनुसार प्रदेश नं. १ र ३ नं. बाट जनजाति महिला, प्रदेश नं. ६ बाट खस–आर्य गरी राप्रपा नेपालले ३ जना समानुपातिक पाउने भएको छ । दुई वटै राप्रपा राष्ट्रिय पार्टी बन्न सकेनन् न त अब दुइटाको मत जोडेरै त्यो दाबी गर्न पाइन्छ । प्रचण्डसँग प्रतिस्पर्धा गरेका अर्काे राप्रपाका विक्रम पाण्डेले समानुपातिकमा आफ्नोे कालिका एफएमकी युवती रिना गुरुङको नाम घुसाएपछि त्यसले पनि नयाँ लफडा शुरु गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू