‘पुनःचौध जना साउदी नागरिकलाई मृत्यु दण्ड’

११ साउन, दुबई (युएई) । दङ्गा, चोरी, र विद्रोही गतिविधि गरेको आरोपमा पक्राउ परेका १४ जना साउदी नागरिकलाई अत्यन्त गैरन्यायिक सामुहिक कारबाही अन्तर्गत निकट भविष्यमा मृत्युदण्ड दिन लागिएको एम्नेष्टी इन्टरनेशनलले मङ्गलबार जनाएको छ ।

एम्नेष्टीले जनाए अनुसार गत आइतबार मात्रै १५ जना अन्य साउदी नागरिक विरुद्ध इरानी मुश्लिम सियालाई सघाउनका लागि जासुसी गरेको आरोपमा मृत्युदण्डको सजाँए तोकिएको थियो ।

साउदी अरबमा विश्वका केही मुलुकमध्ये मृत्युदण्डको दर बढी रहेको छ ।

अतिरूढीवादी मुश्लिमराज्य साउदी अरबमा यस बर्षमात्र ६६ जनालाई विभिन्न अभियोग लगाई मृत्युदण्ड दिइएको लण्डनस्थित मानव अधिकारवादी संस्थाले जनाएको छ ।

“अरबको सर्वोच्च अदालतले मृत्युदण्डको सजाँय तोकेका १४ जनालाई यहाँको राजनैतिक नेतृत्व विरुद्ध शसस्त्र विद्रोह गरेको र विभिन्न दङ्गा तथा चोरी प्रकरणमा सामेल भएको फैसलामा छ,” एम्नेष्टीले बताएको छ ।

“उनीहरूलाई साउदी राजा सलमानको हस्ताक्षरपछि मृत्युदण्ड दिइने कानूनी प्रावधान रहेको छ,” मध्यपूर्वका एम्नेष्टी इन्टरनेशनलका समाह हदिदले बताए ।

उनले अदालतको फैसलालाई “अदालतको झूटा प्रक्रिया बताउदै यसले अन्तर्राष्ट्रिय न्यायिक सुनुवाईको मापदण्डमाथिको उपहास” को संज्ञा दिएका छन । “यो राजनैतिक रुपमा फरक विचार राख्ने तथा प्रतिपक्षिमाथिको आक्रमण” भएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण