पीपीएल : पोखराको जितसँगै बुटवल र विराटनगर बाहिरिए

नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा पल्टनले हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराको जितसँगै बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

काठमाडौंले प्रस्तुत गरेको १ सय ४ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा पोखराले १६ औं ओभरमा ६ विकेट गुमाउँदै जित हात पार्यो । पोखराका लागि मोहमद नविदले सर्वाधिक ३६ रन जोडे । उनले १५ बलको सामना गर्दै ५ छक्का प्रहार गरे । अमरसिंह राउटेलाको १६ औं ओभरको सुरुवाती तीन बलमा उनले लगातार ३ छक्का प्रहार गरेका थिए । रोहित कुमार पौडेलले पनि नटआउट १५ रनको योगदान दिए । रवी इन्दर सिंहले २४ बलमा २ चौकाको मदतले २२ रन जोडे । ओपनर कुशल भुर्तेलले १४ तथा आसिफ शेखले १६ रन जोडे । विनोद भण्डारी खाता नखोली पेभेलियन फर्किए । काठमाडौंका लागि अमरसिंह राउटेलाले ३ तथा सुशन भारी, नन्दन यादव र पवन सर्राफले १-१ विकेट लिए ।

पोखराले काठमाडौंलाई पराजित गरेसँगै हाल पोखरा अंक तालिकामा समान ६-६ अंक बोकेर काठमाडौंसँगै शीर्ष २ स्थानमा उक्लिएको छ । अर्को खेलमा चितवनले विराटनगरविरुद्ध जित हात पारेको खण्डमा चितवन शीर्ष स्थानमा पुग्ने सम्भावना पनि बढेको छ । चितवन पराजित भएमा धनगढी तेस्रो स्थानमा रहेर प्लेअफमा पुग्नेछ ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले अन्तिम ओभरमा सबै विकेट गुमाएर १ सय ३ रनको मध्यम योगफल तयार पारेको थियो । खराब सुरुवात गरेको काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रनको योगदान दिए । ओपनर अमित श्रेष्ठले २१ रन जोडे । पवन सर्राफ १२ तथा नरेश बुढाएर ६ रनमा पेभेलियन फर्किए । वसन्त रेग्मी १९ रनमा नटआउट रहँदै टोलीलाई १ सय रनको स्कोर कटाउन मदत गरे । उनले १२ बलमा १ चौका र २ छक्का प्रहार गरे ।

काठमाडौंले १३ रन जोड्दा पहिलो विकेटको रुपमा जयकिसन कोल्सावालालाई शुन्यमा गुमाएको थियो । त्यसपछि गौरव तोमर पनि शुन्यमै आउट भए । दुवै विकेट मोहम्मद नाविदले हात पारेका थिए । आदिल खान ७ रनमा रन आउटको शिकार भए । कसिलो बलिङ गरेका मोहम्मद नाभिदले आफ्नो स्पेलको ४ ओभरमा १२ रन खर्चदै २ विकेट लिए । ललित नारायण राजवंशीले ४ ओभरमा १८ रन दिंदै ३ विकेट लिए । राशिद खानले २ तथा विक्रम भुषालले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल