पीपीएल : पारसको चितवनको दोस्रो जित, काठमाडौंको पहिलो हार

पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गर्दा काठमाडौं रोयल्सले पहिलो हार बेहोरेको छ । १३ रनको जितसँगै चितवनले प्लेअफ पुग्ने सम्भावनालाई मजबुती प्रदान गरेको छ ।

चितवनले काठमाडौं रोयल्सलाई १३ रनले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गरेको हो । जितका लागि अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा काठमाडौंले ३ रनमात्र जोड्न सक्यो । काठमाडौका लागि गौरव तमोरले ३९ रनको योगदान दिए । मध्यम शुरुवात गरेको काठमाडौंका लागि पवन सर्राफ र गौरव तमोरले तेस्रो विकेटको लागि ५८ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।

कप्तान ज्ञानेन्द्र मल्ल ३० रनमा करण केसीबाट बोल्डआउट भए । पवन सर्राफ २८ रन बनाए । ओपनर जयकिसन कोल्सवाला १८ रनमा पेभेलियन फर्किए । पृथु बास्कोटा ४ रनमा आउट भए । अमित श्रेष्ठ १ रनमा आउट भए । चितवनका करण केसीले ३ विकेट लिए । पारस खड्काले २ तथा सन्नी पटेल र स्मित पटेलले समान १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । हरिले सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ्स खेले । ४९ बलमा हरिले ५ चौका र ३ छक्का प्रहार गरे । राम्रो शुरुवात गरेको चितवनका लागि ओपनर ब्याट्सम्यानद्धय अनिल कुमार साह र हरिशंकर साहले पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए ।

७ ओभर २ बलमा अनिल साह पहिलो विकेटको रुपमा २७ रनमा आउट भए । कप्तान पारस खड्का १४ रनमा नन्दन यादवबाट बोल्ड आउट भए । हरि शंकर साह र स्मिथ पटेलले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । स्मित पटेल ३१ रनमा रन आउट भए । सन्नी पटेलले १३ रन बनाए । काठमाडौंका नन्दन यादव, बसन्त रेग्मी र पवन सर्राफले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति