पीपीएल : धनगढी ब्लुजद्वारा विराटनगर टाइटन्स ७८ रनले पराजित

 पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिगको तेस्रो दिनको पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरेको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको धनगढीले विराटनगरलाई १८४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिंग गरेको विराटनगर १६ ओभर ४ बलमा १०४ रन बनाउँदा अलआउट भयो । विराटनगरका लागि अन्तिम आउट हुने खोलाडी कप्तान सन्दीप लामिछाने बने ।

लंगअनमा छक्का प्रहार गर्ने प्रयास गर्दा उनी आउट भएका थिए । इंग्ल्यान्डका खेलाडी पिटर ट्रेगोले अर्धशतकीय पारी खेले । खराब सुरुवात गरेको धनगढीको इनिङस उकास्न पिटरले ५३ रनको योगदान दिए । उनले कप्तान दिपेन्द्र सिंह ऐरीसंग मिलेर चौथो विकेटको लागि ६० रनको साझेदारी गरे । दिपेन्द्र २९ रनमा आउट भए ।

यस्तै अन्तिम अर्डरमा ब्याटिङ गर्न आएका सौरभ खनालले विस्फोटक ब्याटिङ गर्दै ४१ रन जोडे । उनले १३ बलमा २ चौका र ५ छक्का प्रहार गरे । धनगढीका सन्दीप जोरा १२ रनमा आउट हुँदा रोबिन क्षेत्री १० रनमा आउट भए ।

विराटनगरका जितेन्द्र मुखियाले ४ विकेट लिए । त्यस्तै जाइद खान, सन्दीप लामिछाने,किशोर महतो र सुनिल धमलाले समान एक, एक विकेट लिए ।

अघिल्लो खेल गुमाएको धनगढी यो जितसँगै २ अंक जोड्न सफल भएको छ । पहिलो खेलमा विराटनगर पोखरा पल्टनसंग ५८ रनले पराजित भएको थियो । यस्तै धनगढी हुलास काठमाडौं रोयल्ससंग १७ रनले पराजित भएको थियो । 

आजको दोस्रो खेल बुटवल ब्लास्टर र पोखरा पल्टनबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति