पीपीएल : धनगढी ब्लुजद्वारा बुुटबल ब्लास्टर्स २० रनले पराजित

लगातार पहिलो र दोस्रो खेल जित्न सफल बुुटबल ब्लास्टर्सले लगातार दुुई हार व्यहोरेको छ । बिहीबार पोखरा रंगशालामा भएको खेलमा एक्सपर्ट धनगढीले दिएको १६२ रनको लक्ष्य पछ्याएको बुुटबल ब्लास्टर्सले २० ओभर पूरा खेल्दै ६ विकेट गुुमाएर १४१ रनमा समेटियो ।

सुुरुआत कमजोर भएको बुटबलले पहिलो विकेटका रुपमा सागर पुुन एक रन बनाएर आउट भए भने अर्का ओपनिङ ब्याट्सम्यान रोहन मुुस्तफा २० रन नबाएर आउट भए । तेस्रो नम्बरमा मैदान छिरेका चिराक सुुरी  ७९ रन नबनाए । उनले ७९ रन बनाउने क्रममा १२ चौका र १ छक्का प्रहार गरेका थिए । चिराकले ७९ रन बनाएपनि बुटबलको जितका लागि भने प्रयाप्त हुुनसकेन ।

त्यस्तै, चौथो स्थानमा मैदान प्रवेश गरेका भिम सार्की ५ रन र शंकर राना रनको खाता नखोली मैदान बाहिरिएपछि दबाबमा परेको बुुटबलका लागि सिद्धान्त लोहनी र कप्तान सोमपाल कामीले समान १२—१२ रन बनाएका थिए । 

त्यस्तै, बुटबललाई १४१ रनमा समेट्न धनगढीका सागर ढकालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका थिए भने कमल सिंह ऐरी र ड्यानीयल लरेन्सले समान एक—एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको एक्स्पर्ट धनगढीले सुुरुआतमा कमजोर देखिएपनि ब्याटिङमा चौथो र पाँचौ नम्बरमा मैदान प्रवेश गरेका ड्यानीयल लरेन्स र कप्तान दीपेन्द्रसिंह ऐरीबीच चौथो विकेटका लागि १०८ रनको साझेदारी खेलेपछि धनगढीले बुटबल ब्लास्टर्सलाई १६२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

धनगढीले २० ओभर पूरा खेल्दै ४ विकेट गुुमाएर १६१ रन बनाएपछि बुटबलले १६२ रनको लक्ष्य पाएको थियो ।

सुुरुमा आएका तीन ब्याट्सम्यान कम योगफलमा पवेलियन फर्किएपछि धरमराएको धनगढीको ब्याटिङ कप्तान दीपेन्द्रसिंह ऐरी र ड्यानीयल लरेसन्सको साझेदारीले माथि उकासेपछि सम्मानजनक लक्ष्य दिएको थियो ।

जसमा कप्तान ऐरीले ३९ बलको सामना गर्दै ४ चौका र २ छक्काको सहयोगमा नटआउट ५६ रन बनाएका थिए । त्यस्तै, ड्यानीयल लरेन्सले समान ३९ बलको सामना गर्दै ३ चौका र २ छक्काको मद्दतमा ५२ रन बनाए भने पिटर ट्रेगोले १४ र ४ बलको सामना गरेका १३ रन बनाएका थिए ।

त्यस्तै, धनगढीलाई १६१ रनमा रोक्न बुटबलका विपीन खत्रीले २ विकेट लिए भने रोहन मुस्तफा र अविनास बोहराले समान एक—एक विकेट लिए पनि कप्तान सोमपाल कामीले आजको खेलमा विकेट लिन सकेनन् । यसअघि बुुधबारको खेलमा विराटनगर टाइटन्ससँग बुटबल १२ रनले पाजित भएको थियो । हारपछि बोल्दै कप्तान सोमपाल कामीले हारपछिको कमब्याक रोमाञ्चक हुने बताएपनि हारपछिको पहिलो खेलमा धनगढीसँग २० रनले पराजित हुुनपुुगेको छ ।

आजको जितसँगै धनगढी एक्स्पर्टले दुुई खेलबाट ४ अंक जोडेको छ भने पराजित बुुटबलको पनि ४ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति