पीपीएलमा आज २ खेल : विराटनगर भर्सेस एक्स्पर्ट धनगढी र बुटबल ब्लास्टर्स विरुद्ध पोखरा पल्टन

पोखरामा जारी नेपालको सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) को तेस्रो दिन आज ४ टिमले प्रतिस्पर्धा गर्दैछन् । पोखरा रंगशालामा हुने पहिलो खेलमा सन्दीप लामिछाने कप्तान रहेको विराटनगर टाइटन्सले दीपेन्द्रसिंह ऐरी कप्तान रहेको एक्स्पर्ट धनगढी ब्लुजको सामना गर्दैछ ।

खेल अहिले  बिहान ९ बजेदेखि सूरु हुनेछ । विराटनगर र धनगढीले यसअघि एक—एक खेल खेलिसकेका छन् । यी दुवै टोलीले यसअघिको खेल गुमाएका छन् भने आजको खेलमा जित निकाल्दै राम्रो कमब्याक गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् ।

पहिलो खेलमा विराटनगर टाइटन्स पोखरा पल्टनसँग ५८ रनको फराकिलो अन्तरले पराजित भएको थियो भने एक्स्पर्ट धनगढी १७ रनले काठमाडौं रोयल्ससँग पराजित भएको थियो । राष्ट्रिय क्रिकेट टोलीका उदयमान खेलाडी ऐरी र लामिछानेबीच पीपीएलमा आइतबार भिडन्त हुँदैछ भने दुवै जनाले एक—अर्कालाई रोक्ने रणनीतिका साथ मैदान उत्रिनेछन् ।

त्यस्तै, आज दिउँसो सवा १ बजे सुरु हुने खेलमा सोमपाल कामीको कप्तानीमा रहेको बुटबल ब्लास्टर्स शरद भेषावकरको टिमविरुद्ध खेल्दैछ । यसअघि खेलेका खेलमा दुवै टोलीले जितेका छन् । बुटबलले चितवन राइनोजलाई ७० रनको फराकिलो अन्तरले पराजित गरेको थियो भने पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको थियो ।

बुटबलका कप्तान रहेका अलराउण्डर सोेमपाल कामीले पहिलो खेलमा चितवनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका थिए भने पोखराका हिटर ब्याट्सम्यान विनोद भण्डारीले विराटनगर विरुद्ध विष्फोटक ब्याटिङ गर्दै ११ बलमा ४१ रन बनाएका थिए । बुटबल र पोखराबीचको खेल निकै प्रतिस्पर्धी हुने अनुमान गरिएको छ ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति