पीपीएलको विजेतालाई २७ लाख नगद पुरस्कार

पोखरा रंगशालामा शुक्रबारबाट सुुरु हुुने पोखरा प्रिमियर लिग (पीपीएल) को विजेताले २७ लाख रुपौयाँ नगद पुरस्कार पाउने भएको छ । आयोजक क्विन्स इभेन्ट्स प्रालिकाअनुसार उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । यससँगै पीपीएल नेपालमा सबैभन्दा धेरै पुरस्कार रकम दिने क्रिकेट प्रतियोगिता बनेको छ । 

ट्वान्टी–२० स्वरुपमा हुने प्रतियोगितालाई नमस्ते प्रिमियर लागर बियरले मुख्य प्रायोजन गर्ने भएको छ । यसँगै अब प्रयितयोगिता नमस्ते पोखरा प्रिमियर लिगको नाममा सञ्चालन हुनेछ । मुख्य प्रायोजनका लागि बुधबार आयोजक र नमस्ते प्रिमियर लागर वियरबीच सम्झैता भएको छ । तथापी क्विन्स इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले प्रयोजन रकम नखुलाउने सम्झैता भएको जनाए । ६ फ्रेन्चाइज क्लबले प्रतिस्पर्धा प्रतियोगिताको पावर्ड बाइमा ग्रान्ड मास्टर त्रिपल एक्स रम रहेको छ ।

प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुलाई भीजी अटोमोबाइल्सको तर्फबाट सुजुकी जिक्सर १५५ सीसी मोटरसाइकल पुरस्कार दिइने छ । व्यक्तिगत विधातर्फका विजेताले गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछन् । 

प्रत्येक खेलका म्यान अफ दी म्याचले नगद १० हजार रुपैयाँ नगद तथा ५ हजार रकम बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । प्रत्येक खेलका विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनस स्वरुप नगद पुरस्कार १५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ ।

यस बाहेक प्रत्येक खेलमा क्लियर टिभी क्लियर क्याच विजेताले वार्षिक सबिसूको प्रिमियम प्याकेज प्राप्त गर्नेछन् । साथसाथै, हरेक खेलमा सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्नेले सुबिसू फास्टेस्ट ५०विजेताले सुबिसूकोतर्फबाट १ वर्षका लागि हाइस्पिड इन्टरनेट सुविधा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति