पार्टी सभापति बन्न तयार छु : गगन थापा

माघ २७, काठमाडौँ : नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी अगाडी बढाउन नयाँ पुस्ताको नेतृत्व आवश्यक पर्ने बताएका छन् ।

आइतबार बिहान गोरखा सदरमुकाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै गगन थापाले पहिलो पुस्ताले अहिलेसम्म पार्टीको इतिहास भजाएर मात्र काम चलाएकाले नयाँ इतिहास रच्न नयाँ पुस्ताको खाँचो रहेको दाबी गरे ।

‘नेपाली कांग्रेसको नयाँ पुस्ताको नयाँ व्याख्या हुन्छ । नयाँ आधारभूत मान्यता बनाउनका लागि नयाँ पुस्ताले पार्टी नेतृत्व गर्ने बेला आएको छ । पहिलो पुस्ताका नेताले नेतृत्व गर्दा पार्टी काम चलाउ जस्तो मात्रै भयो’, नेता थापाले भने, ‘पार्टीलाई अगाडी बढाउन, नयाँ इतिहास रच्न नयाँ पुस्ता आवश्यक छ । त्यसैले अब पहिलो पुस्ताका स्तुत्य नेताले हाम्रो अभिभावक बनिदिनु पर्छ ।’

नेता थापाले कांग्रेसमा आस्था राख्ने नयाँ पुस्ताको माग अनुसार चौधौं अधिवेशनमा आफू केन्द्रीय सदस्य महामन्त्री, सभापति जे बन्न पनि तयार रहेको स्पष्ट पारे ।  

त्यस्तै उनले फरक प्रसंगमा भेनेजुएला प्रकरणबारे प्रचण्डको वक्तव्य चिप्लिएको भनेर ढाकछोप गर्नु सरकारको गैरजिम्मेवारपन भएको बताए । उनले सरकारले एकपछि अर्को गल्ती गरिरहेको बताए ।

नेता थापाले प्रचण्डको वक्तव्यबाट हामीले के बुझ्ने, के अब नेपालले एउटा नयाँ बाटो लिएको हो ? भन्दै प्रश्न गरे । निर्वाचनको अंकगणित, डर र स्वार्थका लागि एमाले र माओवादीबीच एकता भएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक