पार्टी सचिवालयमा माधव नेपालको लिखित असन्तुष्टि पेश

पार्टी सञ्चालन र सरकारको कामकारबाहीबाट असन्तुष्ट बनेका नेकपाका तेस्रो वरीयताका नेता माधवकुमार नेपालले पार्टी सचिवालयको बैठकमा लिखित असन्तुष्टि पेश गरेका छन् । 

पार्टी सचिवालयको आज (सोमबार)को बैठकमा उनले असन्तुष्टि पेश गरेपछि उनको पत्र एजेन्डामा राखिएको अर्का वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । “उहाँले पत्र ल्याउनुभएको रहेछ, “उहाँको पत्र बैठकको कार्यसूचीमा राखिएको छ।”

खनालका अनुसार नेपालले प्रदेश कार्यविभाजन र सरकारको कामकारबाहीसँग सम्बन्धित रहेर आफ्नो असन्तुष्टि दर्ज गराएका छन् ।

यद्यपि सचिवालको आजको बैठक बुधबारसम्मका लागि स्थगित भएकाले कुनै छलफल भने भएन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सोमबारको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा गरेको प्रतिनिधित्व, अर्का अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण, नेता माधव नेपाल, प्रवक्ता श्रेष्ठको चीन भ्रमण र त्यहाँ भएको छलफलबारे बैठकलाई जानकारी गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक