साउन २९,भोजपुर : नेत्र विक्रमचन्द समूहमा आबद्ध भएको अभियोगमा पक्राउ परेका एक व्यक्ति कारागारबाट मुक्त भएका छन्। सङ्खुवासभाको मादी नगरपालिका–५ बस्ने बुद्धिमान तामाङ कारागार मुक्त भएका हुन्।
उक्त समूहमा आबद्ध भएको भन्दै गत वैशाख २३ गते पक्राउ परेका तामाङलाई जिल्ला कारागारमा ल्याइएकामा उनले सोमबार जिल्ला प्रशासन कार्यालयमा आगामी दिन सो समूहमा लागेर कुनैपनि गतिविधि नगर्ने भनी प्रतिबद्धता जनाउँदै एक विज्ञप्ति पनि निकालेकाले कारागारमुक्त गरिएको प्रजिअ नुरहरि खतिवडाले बताए।
यसैबीच पौवादुङमा गाउँपालिकाले वडा नं १ श्यामशिलाका वडाध्यक्ष ७२ वर्षीय रुद्रबहादुर पाण्डेको निधन भएकामा उनको संझनामा शोक मनाउन आज सार्वजनिक बिदा दिएको छ।
उनको गत साउन १८ गते निमोनियाका कारण उपचारका क्रममा धरानको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो।
आज गाउँपालिकाभरिका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा अन्य कार्यालयमा बिदा दिइएको गाउँपालिकाको विज्ञप्तिमा उल्लेख छ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक
माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत