पार्टी एकताले चाँडै अन्तिम रुप लिन्छ: प्रधानमन्त्री ओली

kp_oli_3iozRYyhuH

नेकपाका सांसदहरुसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीको नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न सुझाव दिए । “पार्टीको एकता प्रक्रिया टुङ्गोमा नपुग्दा केही अन्योल भएको छ तर अब चाँडै यो प्रक्रियाले अन्तिम रुप लिन्छ,” प्रधानमन्त्री ओलीले भने, “त्यसपछि पार्टीका नीति निर्देशन, स्थानीय तहमा पुग्छन् ।

 

त्यसपछि स्थानीय तहहरुलाई निर्देशित गर्न पनि सजिलो हुन्छ ।”तत्कालीन नेकपा (एमाले)ले र नेकपा (माओवादी केन्द्र)बीच गत जेठ ३ गते एकता भए पनि तल्ला तहको एकीकरणका लागि कार्यदलले काम गरिरहेको छ ।

प्रधानमन्त्री ओलीले समय मिलाएर संसदीय दलको बैठक नियमित राखिने तथा सांसदहरुलाई विभिन्न विषयमा प्रशिक्षित गरिने जानकारी दिए । उनले मन्त्रीहरुलाई सांसदहरुसँग घनिष्ट सम्बन्ध राख्न आग्रह गर्नुभएको छ । “कतिपय अवस्थामा मन्त्रीहरु सिधै जनतासँग जोडिन सकेका हुँदैनन्, त्यसका लागि सांसदहरुमार्फत मन्त्रीहरुले जनताका कुरा सुन्ने र आफ्ना कुरा जनताबिच पठाउने हो,” प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने