पार्टी एकताबारे निर्णय लिन अाजै एमाले स्थायी समिति बैठक

नेकपा एमाले स्थायी कमिटीको बैठक बोलाएको छ । बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालय बालुवाटारमा बस्ने बैठकले पार्टी एकताबारे निर्णय लिने बुझिएको छ ।

uml-meeting

बैठकले पार्टी एकता, मोदीको नेपाल भ्रमण र जेठ ७ गते सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको विषयमा पनि छलफल हुने एमाले स्रोतले जनाएको छ । एमाले-माओवादी एकताबारे आशंक र असमझदारी बढिरहेको बेला बोलाइएको बैठकले यसबारे ठोस निर्णय गर्ने एक एमाले नेताले जानकारी दिए ।

एमाले अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्बीर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ तर हामी दुई र तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौँ । पत्रकारहरु भोलि बालुवाटरमा हेर्न आए हुन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

ओलीको अभिव्यक्तिलाई पछ्याउँदा आजको एमाले बैठकले एमाले-माओवादी एकताबारे निर्णय हुनसक्ने अनुमान गरिएको छ । जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम ल्याउनु अगाडि नै एकता हुन सक्ने पनि केही नेताहरुले दावी गरिरहेका छन् । मोदी भारत फर्किएलगत्तै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको भेटवार्ताले एकता गर्नेबारे निर्णय लिएको एक माओवादी नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक