पार्टीलाई सही नीति र विधिमा चलाउनुपर्छ : झलनाथ खनाल

जेठ ३,काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी सही नीति, विधि, पद्धतिमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
 
पार्टी एकताको दुईवर्ष पूरा भएको सन्दर्भमा वक्तव्य निकालेर उनले सुदृढ एकताका लागि आह्वान गरेका हुन् । नेकपा एकता भएको आजै दुई वर्ष पूरा भएको छ । २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी एकीकरण भएर नेकपाको पादुर्भाव भएको थियो ।
 
“हामीले दुई ठूला कम्युनिष्ट पार्टीहरू तत्कालीन नेकपा (एमाले) र  नेकपा (माओवादी केन्द्र) लाई एकीकरण गर्यौंैं । आम निर्वाचन सम्पन्न गयौंैं ।  संविधानलाई कार्यान्वयन गर्ने सन्दर्भमा केन्द्र, प्रदेश र स्थानीय सरकार गठन गर्यौंं । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार सञ्चालित छ र यो सरकारको माध्यमबाट हामीले सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्ने अभियानलाई अगाडि बढाइरहेका छौं । यी असाधारण उपलब्धीहरू हुन । तर इतिहासले हाम्रो काधमा राखी दिएका दायित्वहरू पूरा गर्ने मार्गमा ठुल्ठूला चुनौतीहरू पनि देखा परिरहेका छन । यस्तो अवस्थामा पार्टीलाई सही नीति, विधि र पद्धतिका आधारमा अघि बढाउनु पर्छ । थप मजबुत र एकताबद्ध पार्टी निर्माण गर्न पार्टी एकीकरणलाई अविलम्ब पूरा गर्नुपर्छ र समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नु पर्छ,” खनालले सन्देशमा भनेका छन् ।

विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड (१९) लाई पराजित गर्नको लागि सरकारको प्रयत्न र प्रयास निरन्तर जारी रहेको बताउँदै खनालले प्रकोप नियन्त्रण गर्न सबै एकजुट हुनुपर्ने खाँचो पनि औंल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी