नेपालगञ्ज, भदौ २५ ।नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अनुशासनमा नबस्ने कार्यकर्तामाथि निष्काशनको कारबाही हुने बताएका छन् ।
जननायक विपी कोइरालाको १०५ औँ जयन्तीका अवसरमा ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तक्र्रिया एवं प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै उनले अनुशासनमा नबस्ने कार्यकर्तामाथि कारबाही हुने बताएका हुन् ।
‘बिपी कोइरालाले थिति बसाएको पार्टीमा अहिले बेथिति बढेको छ, अनुशासनमा नबस्ने प्रवृति मौलाएको छ, स्वार्थी जमातको वर्चश्व क्रमशः हाबी हुँदै गएको छ, म अब चुप लागेर बस्दिन’ उनले भने, ‘यस्ता प्रवृति भएका कार्यकर्तामाथि निष्काशनसम्मको कारबाही हुन्छ ।’
कार्यक्रममा उनले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको भन्दै उनले पार्टी भित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।
सभापति देउवाले भने, ‘हामी अरुका कारणले चुनाव हारेका होइन, आफ्नै कारणले हारेका हौँ । आफ्नाले नै दुश्मन देख्ने प्रवृति हारको कारण बन्यो ।” उनले वर्तमान सरकार मुलुकका सबैखाले संरचना भत्काउने षडयन्त्रमा लागेको आरोप लगाए ।
लोकतान्त्रिक पद्दतीको वाटो बिराउदै जानेको आयु छोटो हुन्छ भन्ने कुरा सरकार सञ्चालनकर्ताले बुझ्नुपर्ने उनको भनाइ थियो ।
नेपाल ट्रेड युनियन काङ्ग्रेस बाँकेले आयोजना गरेको कार्यक्रमका सहभागिलाई महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. रामशरण महत लगायतका नेताले प्रशिक्षण दिने बताइएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने