पानी कम पिउनेलाई मिर्गौलाले दिन्छ सास्ती

Pouring water into glass on blue backgroundखाडीमुलुकमा गएका युवा लामो समयसम्म काम गर्ने, आवश्यक मात्रामा पानी नपिउने र शरीरको थकाइ दुखाइबाट छुटकारा पाउन पेनकिलर (नदुख्ने औषधि) खाने र अत्याधिक मासु सेवन गर्ने गरेकाले धेरैको मिर्गौलामा समस्या देखिएको राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा ऋषिराम काफ्ले बताउनुहुन्छ । शरीरमा जम्मा हुने दूषित पदार्थ छानेर बाहिर निकाल्नु मिर्गौलाको मुख्य काम हो। यसबाहेक मिर्गौलाले हर्मोन पैदा गर्छ । रगत बन्नका लागि आवश्यक हर्मोन पनि यसले बनाउँछ । शरीरको आन्तरिक वातावरण मिलाउने काम मिर्गौला र फोक्सोको हो । हामीले खाएको खानाबाट आवश्यक पोषण लिने र नचाहिने तत्व फाल्ने काम मिर्गौलाको हो ।

तर पर्याप्त पानी पिउँदा मिर्गौलाले काम गर्न छोडेकाले नेपाल फर्कनुपर्ने अवस्था बढ्न थालेको हो । पानी मात्र होइन खानामा आएको परिवर्तनले मोटोपनले पनि मिर्गौला खराबीको जोखिम बढाएको छ ।

मोटोपनले पनि मिर्गौला खराब गर्ने भएकाले खानपान र जीवनशैलीमा ध्यान दिनुपर्ने सम्बद्ध चिकित्सकको भनाइ छ । अनियन्त्रित खानपान र व्यायामको कमीका कारण मोटोपन बढ्दै गएको हो। त्यसरी मोटोपन हुनु मिर्गौलामा समस्या हुने सङ्केत बन्ने सम्भावना रहन्छ ।
त्रिवि शिक्षण अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा दिव्यसिंह ठकुरी मधुमेह, र उच्च रक्तचापका बिरामीमा पनि मिर्गौलामा समस्या बढी देखिने बताउनुहुन्छ । यस्ता कारणले मात्र पनि मिर्गौलामा खराबी नदेखिने भएकाले बेलाबेलामा पिसाब र रगत जाँच गरी मिर्गौैलाको अवस्थाबारे थाहा पाइ राख्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

हामीले चौबिस घन्टामा कम्तीमा दुई लिटर पिसाब फेर्नु आवश्यक छ तर मिर्गौलामा कुनै समस्या भए पिसाब कम हँदै जान्छ र यसको रङ पनि फरक हुन्छ । पिसाबमा फिँज देखिन्छ, जिउ सुनिन्छ, स्वास फेर्न गार्हो हुन्छ, रक्तचाप बढ्छ, खानामा रुची घट्दै जान्छ र खानै मन नलाग्ने पनि हुन्छ । यीमध्ये कुनै पनि समस्या छ भने तुरुन्त जाँच गराउनुपर्छ ।

नेपालमा १२ प्रतिशत मानिसलाई मधुमेह भएको प्राप्त तथ्याङ्कमा उल्लेख छ । जसमध्ये ३५ देखि ४० प्रतिशतको मिर्गौला खराब हुन्छ । रक्तचाप भएका १५ देखि २० प्रतिशतको पनि मिर्गौला खराब हुने गरेको विभिन्न तथ्याङ्कले देखाएका छन् ।

डा ठकुरीका अनुसार नेपालमा प्रत्येक वर्ष करिब तीन हजार अन्तिम अवस्थाका मिर्गौलाका नयाँ रोगी थपिने गरेको र उनीहरु डायलासिस वा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थाका हुन्छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक दशमध्ये एक जनालाई कुनै न कुनै प्रकारको मिर्गौलासम्बन्धी समस्या हुन्छ । त्यसैले मिर्गाैला स्वस्थ राख्न सन्तुलित खानपान र पर्याप्त पानी पिउनुका साथै व्यायाम गरेर शरीरलाई सक्रिय राख्नु पर्नेमा उहाँको सुझाव छ । समयमै ध्यान पु¥याउन सके सबै मिर्गौला रोग निको हुने हुन्छ । सरकारले मिर्गौला रोगीका लागि डायलासिस सेवा निःशुल्क गरेको छ ।
मिर्गौलाको उपचार महँगो भएकाले नेपालीले सहज रुपमा उपचार पाउन सकूँन भनेर डायलासिस जस्तै आगामी वर्षदेखि मिर्गौला प्रत्यारोपण सेवा पनि निःशुल्क गर्ने तयारी गरिरहेको स्वास्थ्यमन्त्री गगनकुमार थापा बताउनुहुन्छ ।

हाल नेपालका ४३ सरकारी तथा निजी अस्पतालबाट डायलासिस सेवा तथा वीर, त्रिवि शिक्षण अस्पताल, मानवअङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मृर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ । सन् २००६ बाट विश्वमा हरेक वर्षको मार्चको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो । यस वर्ष पनि मिर्गौला रोग र मोटोपन ‘स्वस्थ मिर्गौलाको लागि स्वस्थ जीवनशैली’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि