June 17, 2018

पानीमा नभिज्न मौसमविद्को सुझाव, संकलित पानी पिउन अयोग्य

 

 २०७५ असार ३

पानीमा नभिज्न मौसमविद्को सुझाव, संकलित पानी पिउन अयोग्य

काठमाडौं । उपत्यकामा शुक्रबार बेलुका र राति परेको पानीमा देखिएको ‘पहेँलो लेदो’को असर खानेपानीदेखि बालीनालीसम्म परेको विज्ञहरुले बताएका छन् । घरका छतमा राखिएका पानीट्यांकमा सङ्कलित पानी प्रयोग नगर्न पनि उनीहरुले सुझाव दिएका छन् । 

भारतको राजस्थान मरुभूमिको धुलो हुरीले उडाउँदा सोही पहेँलो धुलो नेपाली वायुमण्डलमा देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवाष रिमालले बताए ।

मरुभूमिको धुलो नेपाली वायुमण्डलमा मिसिएको र सक्रिय मनसुनका कारण वर्षा बनेर उक्त धुलो पनि पानीसँगै खस्दा यसको चौतर्फी असर देखिएको उनको भनाइ छ । 
विशेषगरी काठमाडौं उपत्यकाका घरको छतका ट्याङ्कीमा सङ्कलन गरिएको पानी पिउनमात्र होइन– खाना बनाउन, हातखुट्टा धुनसमेत अयोग्य रहेको मौसमविद् रिमालले बाह्रखरीलाई जानकारी दिए ।

“हालै देखिएको यस प्रकारको पानीमा प्रदूषणयुक्त कणसमेत देखिएकाले यस्तो पानी उमालेर पिउनसमेत अयोग्य देखिएको छ,” रिमालले भने ।    
यसका साथै पार्किङ गरी राखिएका सवारी साधन, सुकाएका कपडा र बालीनालीको फूल, कोपिलामा धुलो टाँसिदा र खोलानालाको पानी पिउँदा गाईवस्तुमा समेत यस किसिमको वर्षाले प्रत्यक्ष असर पुर्याएको छ । 

मौसमविद्हरुका अनुसार नेपालको पश्चिमी वायुमण्डल क्षेत्रमा यो पहेँलो धुलो मिसिए पनि नेपालका पूर्वी, मध्य र पश्चिमी सबै क्षेत्रमा यसको असर आगामी दुई दिनसम्म देखिनेछ । 
पहेँलो धुलोका साथै ज्यादा अम्लियपना हुने, प्रदूषणयुक्त कण रहने र हानिकारक रसायनिक तत्वसमेत देखिएकाले यस प्रकारको वर्षामा नरुझ्न, खुला स्थान र सङ्कलन गरिएको पानी नपिउन र यस प्रकारको पानीले आँखा पोल्ने, छालामा एलर्जी हुनेजस्ता अल्पकालीन समस्या देखापर्ने र यसबाट नआत्तिन पनि मौसमविद्को सुझाव छ ।

अरुबेला हिउँदमा, यसपटक बर्खामा
राजस्थान नेपालबाट १५ सयभन्दा बढी किलोमिटर टाढा छ । विज्ञहरुका अनुसार यति टाढाको स्थानबाट नेपाली वायुमण्डलमा सामान्य अवस्थामा पहेँलो धुलो आउन सक्ने देखिँदैन । 
राजस्थानमा ठूलो हावाहुरीका कारण यस्ता कण नेपाली वायुमण्डलमा देखिएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । 

महाशाखाका अनुसार यसअघि पनि  हिउँदको समयमा मरुभूमिका कणहरु नेपाली वायुमण्डलमा आएको तर वर्खाको मौसममा भने नेपाली इतिहासमै ठूलो परिमाणमा पहिलो पटक यस्तो वर्षा भएको मौसमविद् रिमालले बताए ।

वायुमण्डलमा यस प्रकारको वर्षाको आंशिक असर केही दिनसम्म देखिन सक्ने महाशाखाको पूर्वानुमान छ । 
पहेँलो धुलोकै कारण आन्तरिक तथा बाह्य दुवै प्रकारको हर्वाइ उडानमा भने कुनै असर नपरेको रिमालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)