पागलपनको हदसम्म प्रेम गर्छन् यी पाँच राशी भएकाहरु

यो संसारका हरेक व्यक्ति एकजस्ता हुँदैनन् । कसैमा केही कुरा विशेष हुन्छ भने कसैमा केही । कसैको केही विशेषता हुन्छ भने कसैमा केही कमी हुन्छ । तर के तपाईंलाई थाहा छ, राशीका आधारमा तपार्ईं यी भिन्न भिन्न मानिसहरुबिच केही समानता अवश्य पनि देख्नु सक्नुहुन्छ । 

तपाईंको राशीः

भनाईको अर्थ यो हो कि राशीको आधारमा केही यस्ता कुरा छन् जसमा स्वभाव, चरित्र, रुची, अरुची आदि कुराहरु समावेश हुन्छन् । उदाहरणका लागि यदि तपाईंको राशी कसैसँग मेल खान्छ भने तपाईं यो बुझ्नुहोस् कि केही कुरामा तपाईं र ती व्यक्तिलाई एक समान भन्न सकिन्छ ।

क्लिंगीः

यसै कुरालाई ध्यानमा राखेर आज हामी तपाईंलाई यस्ता राशी र उनीहरुसँग सम्बन्धित मानिसहरु बारे कुराकानी गर्दैछौं जसलाई सामान्य भाषामा ‘क्लिंगी’ वा भावनात्मक रुपले निर्भर मानिन्छ । यी राशी केही यस्ता छन् जो यदि कोहीसँग भावनात्मक रुपमा जोडिन्छन् भने उनीहरुलाई हरेक समय उनीहरुको आवश्यकता हुन्छ ।

टाँसिएर बस्नेः

उनीहरु एक पल पनि आफ्ना साथी बिना बस्न सक्दैनन् । थुप्रै पटक उनीहरुलाई टाँसिएर बस्ने व्यक्ति पनि भनिन्छ । यस्तोमा यस्ता कुन राशी छन् जसलाई क्लिंगी वा ‘चिप्कु’ मानिन्छ । उनीहरुको ठूलो कमजोरी यो पनि हुन्छ कि उनीहरु निकै चाँडै आफ्नो अपेक्षा जोड्ने गर्दछन् र जब यस्ता अपेक्षा टुट्छन् उनीहरुलाई निकै दुःख लाग्छ ।

मिथुन राशीः

यो श्रेणीमा सबैभन्दा पहिलो नाम छ मिथुन राशी को । मिथुन राशी भएका मानिसहरु यदि आफ्नो कुनै योजना बनाउँछन्, उनीहरु निकै उत्साहित हुन्छन् र सिधै यसको निष्कर्षमा पुगेको सपना देख्न थाल्छन् । उनीहरु आफ्ना साथी र आफ्ना लागि निकै ठूल्ठूला सपना देख्ने गर्दछन्, जुन थुप्रै पटक पूरा गर्न मुश्किल हुन्छ ।

समस्याः

तर यदि कुनै कारणवश ती सपनाहरु पूरा नभए उनीहरुलाई निकै तनाव लाग्छ । उनीहरु आफ्नो जीवनसाथी बिना वा उनीहरुबाट टाढा भएर केही पनि सोच्नै सक्दैनन् ।

कर्कट राशीः

यदि कुनै व्यक्तिले कर्कट राशी भएकाहरुसँग प्रेम सम्बन्ध निभाउने अवसर पाए बुझ्नुहोस् कि त्यस्ता व्यक्ति निकै भाग्यमानी हुन्छन् । एक विश्वास पात्र र इमान्दार साथी के हुन्छ, त्यो कुरा कर्कट राशी भएका व्यक्तिसँग प्रेम गर्नेलाई थाहा हुन्छ ।

साथीमाथि निर्भरः

कर्कट राशी भएकाहरु प्रेमका साथै आफ्नो समस्या, पीडा र गुनासो भन्न पनि निकै राम्रोसँग आउँछ । उनीहरु तपाईंलाई आफ्नो शत प्रतिशत दिने गर्दछन् र तपाईंबाट पनि यसैको अपेक्षा गर्दछन् । कर्कट राशी भएकाहरु पूर्ण रुपमा आफ्ना पार्टनरमाथि निर्भर हुन्छन् ।

उत्कृष्ट जीवनसाथीः

घुम्न जान होस् वा कुनै सपिङका लागि । आफ्ना साथी बिना उनीहरुको कुनै योजना बन्दैन । उनीहरु आत्मनिर्भर भइकन पनि आफ्ना साथीप्रति निर्भर हुन्छन् । उनीहरुलाई हरेक समय आफ्ना साथीसँग बस्न मनपर्छ । उनीहरु निकै उत्कृष्ट जीवनसाथी हुनेछन् ।

कन्या राशीः

कन्या राशी भएकाहरुलाई निकै लचिलो मानिन्छ । उनीहरु तपाईंको जीवनमा आइपर्ने कुनै पनि समस्याको अगाडि झुक्दैनन् । यसको साटो उनीहरु यसको डटेर सामना गर्दछन् । यदि उनीहरु कुनै सम्बन्धमा छन् भने आफ्नो शत प्रतिशत दिने गर्दछन् । उनीहरुका लागि प्रेमीभन्दा ठूलो अरु कोही पनि हुँदैन ।

निकै क्लिंगीः

उनीहरुको ध्यान कहिले पनि आफ्नो प्रेमीभन्दा बाहिर हुँदैन त्यसकारण उनीहरुलाई निकै क्लिंगी मानिन्छ । प्रेमीले के खाइरहेको छ, कोसँग छ, के खाइरहेको छ, कहिले सुत्छ, कहिले उठ्छ… यी सबै कुराको जानकारी हुनुपर्छ । यो स्वभावका कारण उनीहरुको सम्बन्ध धेरै लामो समय टिक्न पाउँदैन ।

कुम्भ राशीः

कुम्भ राशी भएकाहरुले जसलाई आफ्नो जोडी बनाए, बुझ्नुहोस् ती व्यक्तिलाई उनले जीवनभर साथ दिनेछन् । उनीहरु कुनै पनि हालतमा आफ्नो साथीसँग टाढा भएर बस्न सक्दैनन् । जोसँग उनीहरु भावनात्मक रुपले जोडिन्छन् ती व्यक्तिप्रति सधैं इमान्दार हुन्छ र उनीहरु बिना आफ्नो जीवनको अर्थ देख्दैनन् ।

मीन राशीः

जुन प्रकारको सम्बन्ध मीन राशी भएका व्यक्तिहरुले आफ्ना पार्टनरसँग राख्छन् त्यो अरु कसैले पनि राख्न सक्दैनन् । उनीहरु आफ्ना साथीको विषयमा निकै केयरिङ र भावुक हुने गर्दछन् । उनीहरुका लागि संसारमा सबैभन्दा महत्पूर्ण व्यक्ति प्रेमी, प्रेमिका वा जीवनसाथी हुन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित